+
+

कृषि विकास बैंक ह्याकिङका अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २० गते १३:०२

२० पुस, काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणका फरार अभियुक्त दीपक नेपाललाई प्रहरीले पक्राउ गरेको छ ।

नाइजेरियन र भारतीय नागरिकसँग मिली नेपालका बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब रुपैयाँ भन्दा बढी रकम ह्याक गरी विदेश लैजान सहयोग गरेको अभियोगमा मोरङ रंगेली नगरपालिका २ घर भएका नेपाललाई प्रहरीको अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

उनले कृषि विकास बैंकको सिस्टम ह्याक गरी रकम निकाली ठगी गरेको घटनामा ह्याकिङ गरी एक करोड रुपैयाँसहित फरार रहेका प्रहरीको भनाइ छ । उनलाई अपराध महाशाखाले काठमाडौं प्रहरी परिसरमा पठाएको प्रवक्ता मुकेशकुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?