
२० पुस, काठमाडौं । बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिले कृषि बिमा गाउँगाउँमा पुर्याउन बिमा कम्पनीहरुलाई भाग लगाइदिएको छ । समितिले २० निर्जीवन बिमा कम्पनीहरुलाई जिल्लागतरुपमा भाग लगाइदिएको हो ।
समितिले केही समयअघि बिमा कम्पनीहरुले घुम्ती बिमा सेवा सञ्चालन गर्न सक्ने कार्यविधि बनाएको थियो । सोही कार्यविधि अनुसार बिमा कम्पनीहरुले अब आफ्नो भागमा परेको जिल्लामा कृषि बिमा सेवा पुर्याउनु पर्नेछ ।
समितिका अनुसार ७७ वटै जिल्लामा घुम्ती सेवामार्फत कृषि तथा पशुपन्छी बिमा गर्नुपर्नेछ । कृषकलाई बिमासम्बन्धी जनचेतना जगाउने र बिमाका लागि अभिप्रेरित समेत गर्नुपर्ने गरी कार्यक्षेत्र तय गरिएको बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए ।
मुलुकका ७७ जिल्लामध्ये काठमाडौँ र भक्तपुर जिल्लामा सबै बिमा कम्पनीलाई कार्यक्षेत्र तोकिएको छ भने बाँकी ७५ जिल्लालाई भाग लगाइएको छ ।
कसको भागमा कुन जिल्ला ?
सानिमा जनरल इन्स्योरेन्स : कपिलवस्तु, नवलपुर र मोरङ,
जनरल इन्स्योरेन्स कम्पनी : रसुवा, सिराहा र पर्सा
अजोड इन्स्योरेन्स : गुल्मी, पर्वत, पूर्वरुकुम र रौतहट
एभरेष्ट इन्स्योरेन्स कम्पनी : कालीकोट, दैलेख, सुर्खेत र बर्दिया
सगरमाथा इन्स्योरेन्स कम्पनी : मुगु, जाजरकोट र जुम्ला
एनएलजी इन्स्योरेन्स : डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँके,
प्रभु इन्स्योरेन्स : मुस्ताङ, म्याग्दी, बाग्लुङ र स्याङ्जा
सिद्धार्थ इन्स्योरेन्स : मनाङ, कास्की, पाल्पा र रुपन्देही
राष्ट्रिय बिमा कम्पनी : बझाङ, डोटी र कैलाली
युनाइटेड इन्स्योरेन्स कम्पनी : हुम्ला, बाजुरा र अछाम
नेपाल इन्स्यारेन्स कम्पनीे : दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर
आइएमई जनरल इन्स्योरेन्स : सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी, धनुषा
लुम्बिनी जनरल इन्स्योरेन्स : संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर
नेको इन्स्योरेन्स : ताप्लेजुङ, पाँचथर, इलाम र झापा
दि ओरिइण्टल इन्स्योरेन्स : धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरी
नेशनल इन्स्योरेन्स : रोल्पा, प्यूठान, दाङ र अर्घाखाँची
प्रुडेन्सियल इन्स्योरेन्स : गोरखा, लमजुङ, तनहुँ, परासी
शिखर इन्स्योरेन्स : चितवन, मकवानपुर, धादिङ र नुवाकोट
हिमालयन जनरल इन्स्योरेन्स : सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर र बारा
प्रिमियर इन्स्योरेन्स कम्पनी : दोलखा, रामेछाप, सिन्धुली र सर्लाही
सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा समेत कृषि बिमालाई प्रमुख प्राथमिकतामा राखी देशव्यापी रुपमा लागू गर्ने लक्ष्य राखेको छ ।
सरकारको लक्ष्य हासिल हुने गरी निर्जीवन बिमा कम्पनीहरुलाई जिल्ला तोकेर कृषि बिमा व्यवसाय गर्न निर्देशन दिएको हो ।
प्रतिक्रिया 4