
२० पुस, काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म काठमाडौंको साँखुमा लाग्ने सालीनदी मेलाको तयारी पूरा भएको छ ।
यस वर्षको माधनारायण मेलाका लागि साँखुस्थित सालीनदीमा सम्पूर्ण तयारी पूरा गरिएको श्री माधवनारायण स्वस्थानी ब्रत तथा सालीनदी सुधार समितिले जनाएको छ ।
पुस २५ गतेदेखि १ महिनासम्म चल्ने सालीनदी मेलाका लागि सुरक्षा, स्वास्थ्य, यातायातलगायतको बन्दोबस्त गरिएको समितिका अध्यक्ष गोबिन्दबहादुर श्रेष्ठले जानकारी दिए ।
‘हामीले यस वर्ष सालीनदी मेलामा आउने दर्शनार्थीहरुलाई स्नान गर्न छुटै पोखरी बनाएका छौं, ‘ उनले अघि भने, ‘यातायातको गुनासो आउने गथ्र्यो त्यो समस्या समाधान गर्नको लागि यातायात व्यवसायीहरुसगँ कुरा गरिसकेका छौं । दर्शनार्थीको सुरक्षाको लागि साखुँ प्रहरीसँग समन्वय भइसकेको छ । ‘
यस्तै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले केही दिनभित्रै साँखु आउने मूल बाटो तत्काल मर्मत गरी ग्राभेल गरिने जानकारी दिए ।
मेयर श्रेष्ठले परापूर्व कालदेखि चल्दै आएको माधवनारायण व्रतको व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने बताए ।
पहिले व्रतालुहरुका सामग्रीहरु परदेश जाने क्रममा (फर्पिङ, पशुपति, पनौती र चाँगु जाँदा) आफैले बोक्नु पर्ने बाध्यता थियो भने अहिले समितिले गाडीबाट व्रतालुहरुको सामग्रीहरु लगिदिने र ल्याइदिने व्यवस्था गरिएको
व्रतालुहरु बिरामी हुँदा स्टेचरको व्यवस्थालगायत स्वयमसेवकहरुको व्यवस्था गरिएको समितिले जनाएको छ ।
यस वर्षबाट माधवनारायण पार्क निर्माण भइरहेको, मूल्य सूची राखी होटलहरुको अनुगमन गरिने भएको छ ।
यसअघिको वर्षहरुमा मेलामा आएको दर्शनार्थीहरु ठगिने गुनासो बढी आउने गरेकाले समितिले यस वर्ष भाडा देखिने गरी बसमा र चोक-चोकका पोलमा टाँसिने भएको छ ।
यस वर्ष सालीनदी मेला भर्न करिब २० देखि २५ लाख भक्तजन आउने अनुमान गरिएको समितिका महासचिव एलपी श्रेष्ठले बताए ।
प्रतिक्रिया 4