Comments Add Comment

बालबच्चा किन पढ्न-लेख्न मन गर्दैनन् ?

आफुले गरिरहेको मेहनत, श्रमको खास अर्थ बुझिरहेका हुँदैनन् बच्चाहरुले । यो केवल कक्षा कोठामा समय कटाउने, शिक्षकको आज्ञा पालना गर्ने, अभिभावकलाई खुसी बनाउने भन्ने मात्र बुझिरहेका हुन्छन् । अर्थात उनीहरु स्वतस्फूर्त पढाइमा लाग्दैनन् ।

किन पढ्ने भन्ने प्रश्नको रेडिमेड जवाफ त उनीहरुलाई रटाइएको हुन्छ, तर त्यो कुरालाई बुझ्ने उनीहरुसँग सामथ्र्य हुँदैन । पढाइको महत्व र अर्थबारे उनीहरु बेखबर हुन्छन् । यस्तो अवस्थामा उनीहरुलाई आफ्नो पढाई, लेखाई निरर्थक एवं व्यर्थ लाग्छ । हामीलाई पनि व्यर्थ लागेको काम गर्न जाँगर चल्दैन । ठिक उसैगरी बच्चालाई पढ्न लेख्न जाँगर नचलेको हो ।

अर्को कुरा चाहि के भने, सबै बच्चाहरुको क्षमता एकनास हुँदैन । शिक्षकले पढाएको कुरालाई सबैले एकनास बुझ्दैनन् । कति बच्चाले चाडै बुझ्छन्, कतिले ढिलो । जब सहपाठी आफुभन्दा जान्ने छ भन्ने लाग्छ, तब बच्चाहरु हतोत्साही हुनपुग्छन् । उनीहरुमा प्रतिस्पर्धाको भावना जाग्ने भन्दा पनि हिनताबोध जाग्ने संभावना बढी हुन्छ ।

त्यही हिन भावनाले पनि बच्चाहरुलाई पढाइमा जाँगर चल्दैन ।

पढ्न मन नलाग्नु एक रोग

वास्तवमा बच्चाहरुले पढ्नलेख्न मन गर्दैन भने, त्यो शारीरिक समस्या पनि हुनसक्छ । कुनै कुरा सिक्ने वा पढ्ने कुरामा बच्चा कमजोर छ भने उनमा डिस्लेक्सिया रोग हुनसक्छ ।

यो यस्तो रोग हो, जसमा पढ्न, लेख्न र शब्द बोल्न मुस्किल हुन्छ । यस रोगले ग्रस्त बच्चाले बोलेको कुरा र लेखेको शब्द सही ढंगले स्मरण गर्न सक्दैनन् ।

के हो त डिस्लेक्सिया ?

डिस्लेक्सिया रोग तीन किसिमको हुन्छ । पहिलो अर्थात प्राथमिक डिस्लेक्सियामा बच्चाले अक्षर र संख्या पहिरना गर्नु, पढ्नु, मापन गर्नु, समय देख्नु र अन्य गतिविधि गर्न सक्दैनन् । दोस्रो चरणको समस्या भ्रुणमै बच्चाको दिमागको विकास सही ढंगले नभएर हुन्छ । यस्तोमा शब्द पहिचान गर्न र बोल्नमा समस्या हुन्छ । तेस्रो ट्रामा डिस्लेक्यिाको समस्यामा बच्चको दिमागमा चोट लागेको कारण हुनसक्छ । यस्तो अवस्थामा बच्चाले शब्दको ध्वानी सुन्न सक्दैनन् । यसैले उनीहरु शब्द बोल्न र पढ्न लेख्नमा कठिन हुन्छ ।

कसरी थाहा पाउने ?

यो विकार ३ देखि १५ बर्षको उमेरका करिब ३ प्रतिशत बच्चामा पाइएको छ । अर्थात जब बच्चा स्कुल जान सुरु गर्छ, तब उनीहरुमा यसको लक्षण देखिन्छ । किनभने यसअघि उनीहरुमा यस्तो समस्या छ, छैन भनेर थाहा पाउन सकिदैन ।

–     यस समस्याबाट ग्रस्त बच्चाले शब्दलाई पहिचान गर्न सक्दैनन् । वा पहिचान गर्नमा दिक्क लाग्छ । सही ढंगले उच्चारण गर्न सक्दैनन् ।

–     उनीहरुलाई पढ्न, सम्झन वा कुनै कुरा याद गर्न कठिन हुन्छ ।

–     उनीहरु उस्तै प्रकृतिको अक्षरमा कन्फ्युज हुन्छन् ।

–     उनीहरु बिस्तारै पढ्छन् । र, अरु बच्चा पढ्न थालेपछि उनीहरु हडबढाउँछन् ।

–     यस रोगले ग्रस्त बच्चाहरु शब्द र अक्षरलाई उल्टो वा गलत पढ्छ ।

–     ७ बर्षको उमेरअघि अक्षरलाई उल्टो लेख्छन् ।

अब के गर्ने त ?

यस किमिसको समस्या भएका बच्चाहरुले कुनैपनि कुरालाई लामो समयमा मात्र स्मरण गर्न सक्छन् । यदि यस्तो समस्या छ भने बच्चालाई जबरजस्ती पढाउने होइन । बरु पढाउने शैली बदल्नुपर्छ । उनीहरुलाई पढाउनका लागि पेन्टिङ वा कथाको सहारा लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment