+
+
Shares

अपाङ्ग प्रतिभा अवार्ड हुने

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते ११:३६

२२ पुस, काठमाडौं । डिफरेन्टली एबल ट्यालेन्ट अवार्ड हुने भएको छ । फरक क्षमता भएका अपाङ्गहरुका लागि लक्षित गरेर अपाङ्ग प्रतिभा (डिफरेन्टली एबल ट्यालेन्ट)अवार्ड २०२० हुने भएको हो ।

दिव्यज्योती फाउन्डेसन नेपालको आयोजनामा उक्त अवार्ड गर्न लागेको कार्यक्रम संयोजक तथा विश्व साइकल यात्री चित्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार वैशाख १ गते आवेदन खुल्ला गरिने छ भने सातवटै प्रदेशबाट फरक क्षमता भएका विभिन्न बिधाका प्रतिभाहरु छनौट गरी काठमाडौंमा फाइनल कार्यक्रम आयोजना हुने छ ।

जुनसुकै उमेर र प्रतिभा भएका अपाङ्गहरुले आफ्नो कला प्रस्तुत गर्न सक्ने उनले बताए । अपाङ्ग प्रतिभा अवार्ड २०२० लाई सफल पार्न आयोजकले सबैलाई आह्वानसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?