Comments Add Comment

कीर्तिपुरमा ‘जामुनको रुख’को मञ्चन

कीर्तिपुर राराहिलमा रहेको ‘थिएटर मल कीर्तिपुरमा’ नाटक ‘जामुनको रुख, सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । शुक्रबारबाट यो नाटक मञ्चन सुरु भएको हो । कृष्ण चन्दरको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् ।

सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि जामुनको रुख नाटक सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवीयताबाट भागेकाहरुलाई देखाएर नाटकको कथा अघि बढ्छ ।

अझै थिचिएको मान्छेप्रतिभन्दा ठीक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गरेपछि नाटकमा अमानवीयता हद देखिन्छ । १ घण्टा १० मिनेट लामो यो नाटकलाई कमेडी शैलीमा प्रस्तुत गरिएको छ ।

वास्तवमा ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक, राजनीतिक अवस्थाको कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवीयता लगायतको कथालाई नाटकिय रुपमा प्रस्तुत गरिएको छ ।

‘जामुनको रुख’मा शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्याञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राई लगयतलाई मञ्चमा देख्न सकिन्छ । जामुनको रुखको मञ्चनसँगै कीर्तिपुर रंगमञ्चमा नियमित नाटक मञ्चन सुरु भएको छ । यो नटकघरको उद्घाटन गत वर्षको फागुनमा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment