Comments Add Comment

‘ए मेरो हजुर ४’को तयारीमा अनमोल र सुहाना

नायिका सुहाना थापा शनिबार नेपाल आएकी थिइन् । शनिबार नेपाल आएसँगै उनले आफ्नो आगामी प्रोजेक्ट ‘ए मेरो हजुर ४’को तयारी सुरु गरेकी छिन् । निर्देशक झरना थापाले चलचित्रको कथामा काम अगाडि बढिरहेको बताइन् ।

सोमबार चलचित्रका मुख्य कलाकार नायक अनमोल केसी र नायिका सुहाना थापासहित यसको टिमले कथाको काम अगाडि बढाएको छ । चलचित्र ‘ए मेरो हजुर ३’ रिलिजसँगै सुहाना अमेरिका पुगेकी थिइन् ।

करिब ८ महिनापछि सुहाना र अनमोलले एकसाथ नयाँ चलचित्रको कामको तयारी थालेका हुन् । निर्देशक थापाले भनिन्–‘हामीले कथालाई फाइनल गरिरहेका छौ । यसैले, पनि अनमोल र सुहानासहित कथालाई अन्तिम मोड दिन सजिलो हुने लागेर एकसाथ काम गरिरहेका हौं ।’

यो चलचित्रको छायांकन माघको १६ गतेबाट सुरु गर्ने तयारी यसको निर्माणपक्षको छ । यसपटक, चलचित्रलाई विशुद्ध लभस्टोरी कथामा तयार गर्ने तयारी गरिएको छ । नायिका सुहाना थापाले आफ्नो दोश्रो प्रोजेक्टका लागि आफू उत्साहित रहेको बताएकी छिन् ।

नायक अनमोल केसीले पनि यो टिमसँग काम गर्दा निकै सहज लाग्ने भएकाले फेरि काम गर्ने निर्णय गरेको बताएका छन् । गतबर्ष रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ बक्स अफिसमा सुपरहिट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment