Comments Add Comment

नेपाली भूमिमा चीनविरुद्ध गतिविधि हुन दिन्नौं : गृहमन्त्री थापा

२२ पुस, काठमाडौं । चीन भ्रमणमा रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाली भूमिमा चीनविरुद्ध हुने गतिविधि स्वीकार्य नहुने बताएका छन् । उनले नेपाल एक चीन नीतिमा दृढ रहेको पनि बताएका छन् ।

चीनका सार्वजनिक सुरक्षा मन्त्री झाओ केजीसँग भेटवार्ता गर्दै बादलले नेपालको सामाजिक तथा आर्थिक विकासमा चिनियाँ पक्षको सहयोगका लागि धन्यवाद पनि दिएका छन् ।

उनले भनेका छन्, ‘सुरक्षा सहयोग, मानव संसाधन विकास र विपदमा राहतप्रति चीनको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गर्दछु ।’

भेटका क्रममा सार्वजनिक सुरक्षाका विषयमा दुईपक्षीय सहयोगलाई बढावा दिँदै सीमा अपराध नियन्त्रणका साथै क्षमता विकास र सीमा व्यवस्थापनका विषयमा पनि छलफल भएको चीनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरेर जनाएको छ ।

दुई नेताबीच सीमालाई सुरक्षित राख्नका लागि दुई देशको कानून कार्यान्वयन गर्ने निकायबीच सहयोग र समन्वय बढाउने विषयमा सहमति पनि भएको जनाइएको छ ।

भेटवार्ताका क्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसहित अन्य उच्च अधिकारी सहमति थिए । थापा २५ पुसमा नेपाल फर्किने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment