Comments Add Comment

सुलेमानीको अन्त्येष्टीमा भागदौड मच्चिँदा कम्तीमा ३५ जनाको मृत्यु

२२ पुस, काठमाडौं । गत शुक्रबार इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका इरानका सैन्य कमान्डर कासिम सुलेमानीको अन्त्यष्टिका क्रममा भागदौड मच्चिँदा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । बीबीसीमा प्रकाशित समाचारअनुसार ४८ भन्दा बढी घाइते भएका छन् ।

केरमन शहरमा गरिएको सुलेमानीको अन्त्येष्टीमा मानवसागर उर्लेको थियो । उनी यही शहरका बासिन्दा थिए । यहीँ उनको अन्तिम संस्कार हुनेछ ।

अन्त्यष्टीमा सहभागी हुन देशभरबाट मानिसहरु ओइरिएका छन् । यसअघि अहवाज र तेहरानमा पनि उत्तिकै भिड जम्मा भएको थियो ।

भागदौडको घटनाबारे विस्तृत समाचार आउन बाँकी छ ।

यो पनि पढ्नुहोस अमेरिकाको आक्रमणबाट इरानी कुद्स फोर्सका प्रमुख मारिए यो पनि पढ्नुहोस अमेरिकी आक्रमणको बदला लिने इरानको चेतावनी यो पनि पढ्नुहोस मध्यपूर्वमा युद्ध हुँदा नेपाललाई के असर पर्छ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment