Comments Add Comment

टीभी कलाकारको ३ दिनको कथामा ‘सेल्फी किङ्ग’

एक चर्चित टेलिभिजन कलाकारको ३ दिनको जीवनलाई पर्दामा प्रस्तुत गरिएको चलचित्र ‘सेल्फी किङ्ग’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको शिर्ष भूमिकामा नायक विपिन कार्कीलाई देखाइएको छ । काठमाण्डौदेखि सोलुखुम्बुसम्म उनले गरेको यात्रा र त्यसको दौरान आउने विभिन्न खालका आरोह–अवरोहको कथामा चलचित्र बनेको छ ।

चलचित्रमा विपिनको साथमा लक्ष्मी वर्देवा, अभय बराल, भूवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ ।

विशाल सापकोटाको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा दिनेश राउत र सुभाष थापाको लगानी छ । प्रबल कोइराला र राजेश विसुराल यो चलचित्रका सह–निर्माता हुन् ।

चलचित्रमा सुसन प्रजापतिको छायांकन, निर्मल कुमार लामाको कोरियोग्राफी, जीवन थापाको सम्पादन छ । चलचित्रले एउटा सफल कलाकारले आफूलाई के सोच्छ र उसको सफलता कहिलेसम्म रहन्छ भन्ने देखाउन खोजेको छ । माघको २४ गतेबाट यो चलचित्र रिलिज हुदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment