Comments Add Comment

निर्भया बलात्कार घट्नाका दोषीहरूलाई ८ माघमा फाँसी

२२ पुस, काठमाडौं । नयाँ दिल्लीमा आठ वर्ष पहिलेको सामूहिक बलात्कार घट्नामा अदालतले दोषी ठहर गरेका चारै जनालाई दुई हप्तापछि मृत्युदण्डको सजाय दिइने भएको छ । पटियाला हाउस अदालतले ८ माघका लागि मुकेश सिंह, विनय शर्मा, पवन गुप्ता र अक्षय ठाकुरविरुद्ध ‘डेथ वारेन्ट’ जारी गरेको हो ।

१३ सेप्टेम्बर २०१३ मै घट्नाका ६ आरोपीलाई अदालतले दोषी ठहर गरेको थियो । २०१४ मा दिल्ली उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजायलाई निरन्तरता दिने फैसला गर्‍यो ।

आरोपी मध्येका राम सिंहले २०१३ मै तिहाड जेलमा आत्महत्या गरेका थिए भने एक नाबालकलाई बालसुधार गृहमा पठाइएको छ ।

राम सिंहले चलाउने बसमा १६ डिसेम्भर २०१२ मा निर्भयामाथि बलात्कार भएको थियो ।

को हुन् निर्भया ?

१६ डिसेम्भर राती भारतको राजधानी नयाँ दिल्लीमा गुडीरहेको बसमा सामूहिक बलात्कारमा परेकी पीडितको नाम हो, निर्भया । उनको वास्तविक नाम गोप्य राख्न सञ्चार माध्यमले यो नाम जुराएको थियो ।

२३ वर्षीय मेडिकल विद्यार्थीलाई सामूहिक बलात्कारपछि अपराधीहरूले सडकमा फालेका थिए । सख्त घाइते निर्भयाको उपचारका क्रममा २९ डिसेम्बरमा सिंगापुरमा मृत्य भयो । त्यसपछि निर्भयालाई न्यायको माग गर्दै दिल्ली लगायत विभिन्न भागमा विरोध प्रदर्शन भयो ।

यो बहुचर्चित बलात्कार घट्नापछि भारत सरकारले जस्टिस वर्मा समिति गठन गरेर महिला हिंसा विरुद्धको कानूनको समिक्षा गर्‍यो । र सन् २०१३ मा कानून संशोधन गरेर बलात्कार जस्तो जघन्य अपराधमा मृत्यदण्डको सजायको व्यवस्था गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment