+
+
Shares

माछापुच्छ्रे बैंकको ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २२ गते १८:४७

२२ पुस, काठमाडौं । माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ। ग्राहकलाई छिटो छरितो र सहज रुपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले अन्तर्राष्ट्रियस्तरको एसआईपी पिबीएक्स मा आधारित आईभीआर बैंकिङ्ग र अडियो नोटिस बोर्ड सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको हो। गाह्रकले बैंकको बिभिन्न सामजिक सञ्जाल मार्फत सिधै माछापुच्छ्रे ग्राहक सेवा केन्द्र मा संम्पर्क स्थापित गर्न सक्नेछन।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई बैंकसँग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ। ग्राहकले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन्। जसबाट ग्राहकहरुले बैंकसँग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरुको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ।

माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?