Comments Add Comment

जापानी प्रधानमन्त्री आबेले मध्यपूर्वको भ्रमण गर्ने

२३ पुस, काठमाडौं । मध्यपूर्वमा तनाव न्यूनीकरण गर्ने उद्देश्यले जापानका प्रधानमन्त्री सिन्जो आबेले अर्को हप्ता मध्यपूर्वका तीन देशको भ्रमण गर्ने भएका छन् ।

अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्यूनीकरणका लागि साउदी अरब, ओमान र युएईको भ्रमण गर्न लागेका हुन् । आबे यही जनवरी १२ देखि जनवरी १५ सम्म मध्यपूर्वको भ्रमणमा जाने बताइएको छ ।

जापानको सार्वजनिक प्रसारण संस्था एनएचकेका अनुसार प्रधानमन्त्री आबेले शान्ति स्थापनाका लागि कुटनीतिक पहल गर्ने छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र तेहरानका सर्वोच्च नेता आयोतुल्लाह अलि खामेनीले एक अर्कालाई कडा चुनौती दिएपछि मध्यपूर्वमा तनाव बढ्ने आशंका गरिएको छ ।

इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको गत शुक्रबार बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै भएको अमेरिकी ड्रोन हमलामा मृत्यु भएको थियो । त्यसको जवाफमा इरानले अमेरिकी सैन्य अड्डामा ड्रोन आक्रमणसमेत गरेको छ ।

चीन, रुस र सिरियाले अमेरिकाको आलोचना गर्दै दुवै देशलाई संयमता अपनाउन आग्रह गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment