Comments Add Comment

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपात, शुक्रबारबाट मौसममा सुधार

२३ पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।

अहिले काठमाडौं उपत्यकाको आकास बादल लागेर धुम्म छ । गएराति हल्का पानीसमेत गरेको थियो । पश्चिम क्षेत्रमा पनि पानी परिरहेको छ । बुधबार दिउँसो र राति पनि पश्चिम, मध्य र पूर्वी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने पूर्वानुमान गरिएको छ ।

शुक्रबार रातिदेखि भने देशभर मौसम सफा हुने छ ।

बदली, वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment