Comments Add Comment

जाडोमा कस्तो जीवनशैली अपनाउने ?

जाडोमा वाह्य तापमानसँग शरीरको तापमानको सन्तुलन मिलाउन तातो खानेकुरा खानुपर्छ । खासगरी सुपयुक्त खानेकुरा उपयुक्त हुन्छ । तातो सुप, तातो पानी पर्याप्त सेवन गर्नुपर्छ । यसले शरीरमा पानीको अभाव मात्र पुरा गर्दैन, शरीरलाई न्यानो राख्न सघाउँछ ।

यतिबेला सुन्तला लगायतका मौसमी फलहरु पाइन्छ । सखरखण्ड, पिँडालु जस्ता कन्दमुल पाइन्छ । जाडोको मौसममा यस्ता खानेकुरा सेवन गर्नुपर्छ, जो प्रकृतिले दिएको छ ।

जाडोमा व्यायाम

ताप वा न्यानो शरीरभित्रै छ । आगो तापेर वा हिटरमा बसेर शरीरलाई क्षणिक रुपमा तातो बनाउन सकिन्छ । यद्यपी त्यो भन्दा राम्रो उपाय भनेको शारीरिक गतिविधि हो । एकै ठाउँ बसेर आगो वा हिटर ताप्नु वा सिरकभित्र गुम्सिएर बस्नुभन्दा शारीरिक श्रम वा गतिविधि गर्नुपर्छ ।

व्यायामले पनि शरीरलाई न्यानो बनाउँछ । यद्यपी हृदय रोग लगायत कतिपय औषधी सेवन गरिरहेकाहरुले भने चिकित्सकको परामर्श लिनुपर्छ ।

जाडोमा एकदमै बिहान घर बाहिर निस्कनु राम्रो मानिदैन । खासगरी काठमाडौंमा चिसोको मौसममा वायु प्रदूषणको खतरा बढी हुने गर्छ । बिहानको समयमा जमिनको सतहमा धूलो-धूँवा थेगि्रएर रहने भएकाले बिहानै मर्निङवाक गर्न नहुने चिकित्सकहरुले सुझाव दिने गरेका छन् ।

घाममा बसौं

साँझ वा बिहानको घाममा बसौं ।, यसले भिटामिन डि प्राप्त हुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने अर्को माध्यम भनेको भिटामिन डी हो । शरीरको लागि निकै महत्वपूर्ण मानिएको भिटामिन डीले शरीरमा रोगसित लड्ने क्षमता बढाँउछ ।

विहानको समयमा सुर्यको किरणमा केहीबेर बसेर वा भिटामिन डी युक्त खानेकुराको सेवनद्धारा शरीरमा हुने भिटामिन डीको कमीलाई पूरा गर्न सकिन्छ र शरीरलाई स्वस्थ बनाउन सकिन्छ ।

मह र अदुवाको सेवन

जाडोमा मह र अदुवाको मिश्रण निकै उपयोगी हुन्छ । अदुवा मिसाएर तताएको पानीमा मह घोलेर पिउनुपर्छ, स्वास्थ्यलाई राम्रो गर्छ । यसले  श्वासप्रश्वास सम्वन्धि समस्याहरुलाई सजिलै हटाउँछ । यो मिश्रणले हाम्रो शरीरमा रगतको प्रवाह तथा हाम्रो प्रतिरोधक क्षमतालाई बढाउनुका साथसाथै क्यान्सरजस्तो डरलाग्दो रोगबाट पनि बचाउ गर्छ ।

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ ।

सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले चिसो लागेको, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

कसरी नुहाउने ? 

जाडोमा कसरी नुहाउने ? धेरैका लागि चिन्ताको विषय हुन्छ । तातो पानीले नुहाउनुपर्छ, तर केसलाई यसले रुखो बनाउँछ । छालाको लागि पनि धेरै तातो पानी उपयुक्त मानिदैन । त्यस्तै धेरै चिसो पानीले पनि छालालाई राम्रो गर्दैन । त्यसैल, नुहाउनको लागि मनतातो पानीको व्यवस्था गरौ । त्यसमा केहि मात्रामा नुन, तुलसीको पात राखौं । यस किसिमको मिश्रण भएको पानीले नुहाउँदा पनि रोगसँग लड्ने क्षमता बढाउँछ ।

नुहाइसकेपछि शरीरको मालिस गरौं । आयुर्वेदमा प्रतिदिन आत्म-मालिसलाई प्रतिरक्षा बढाउने सबैभन्दा राम्रो विधि मानिन्छ । सूर्यमुखी वा तिलको तेल उपयोग गर्दा मांसपेशी बलियो हुन्छ । मसाजले रक्तसंचार पनि बढाउँछ । जाडोको लागि एकदमै उपयोगी कुरा हो ।

केसको सौन्दर्यका लागि

जाडोमा हामी टोपी लगाउँछौ । टोपीले कपाल गुम्साउँछ । यसले पनि कपाललाई कमजोर बनाउँछ । त्यसमाथि चायाँको प्रकोपले थप सताउँछ । चायाँको कारण टाउको चिलाउने मात्र होइन, कपालको सौन्दर्य नै हराउँछ । यसबाट बच्नका लागि केहि घरेलु विधी अपनाउन सकिन्छ ।

मह कपालका लागि एकदमै लाभप्रद हुन्छ र जैतुनको तेलको प्रयोगबाट कपाललाई मजबुतिका साथै चमक पनि प्राप्त हुन्छ ।

केसको सरसफाईमा ध्यान दिनुपर्छ । पोषणयुक्त खानेकुरा पनि आवश्यक हुन्छ । केसलाई लामो समय गुम्साउनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment