+
+
Shares

भ्वाइस अफ बुटवल बने सिद्धार्थ गैरे

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २३ गते ११:४८

२३ पुस, बुटवल । बुटवलमा सञ्चालित आधुनिक गायन प्रतियोगिता ‘भ्वाइस अफ बुटवल’को उपाधि सिद्धार्थ गैरेले जितेका छन् ।

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालित औद्योगिक ब्यापार मेलामा सिद्धार्थले भ्वाइस अफ बुटवलको उपाधि जितेका हुन् ।

फाइनलमा वर्षा ज्ञवाली दोस्रो, सन्दीप मगर तेस्रो भए । अन्जली थारु र सागर घिमिरेले सान्त्वना पुरस्कार पाए ।

३२ जनाले अडिसनमा भाग लिएकोमा २० जना प्रतिस्पर्धाका लागि छनोट भएका थिए ।

उपाधि विजेतालाई मेला आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले क्रमशः ६५ हजार ५ सय ५५, ३५ हजार ५ सय ५५,२५ हजार ५ सय ५५ तथा सान्त्वना हुने दुई जनालाई १० हजार ५ सय ५५ रुपैयाँका दरले नगद पुरस्कार दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?