Comments Add Comment

जेएनयू कलेजमा पुगेपछि दीपिकाको आलोचना

भारतमा विगत केही हप्तादेखि एकपछि अर्को राजनीतिक घटनाक्रम देखिएको छ । नागरिकता संसोधन विधेयक पास भएसँगै यसको चर्को विरोध पनि भैरहेको छ । यसले, विशेषगरि विद्यार्थीहरुलाई पनि तताएको छ ।

तर, केही दिन अगाडि मात्र दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थीहरुमाथि आक्रामण भएपछि फेरि माहोल बदलिएको छ । विद्यार्थीहरु अहिले यो घटनाको विरोध गरिरहेका छन्, जुन देशभर जारी छ ।

यसैक्रममा, नायिका दीपिका पादुकोणले मंगलबार बेलुकी विश्वविद्यालयमा पुगेर आक्रामणमा घाइते विद्यार्थीहरुसँग भेट गरिन् । दीपिका विद्यार्थीहरुको पक्षमा देखिएसँगै अहिले सामाजिक संजालमा उनको समर्थन र आलोचना दुबै भैरहेको छ ।

तर, दीपिकाले आफ्नो चलचित्रको प्रचारका लागि यो शैली अपनाएको भन्दै उनको आलोचना पनि भैरहेको छ । दीपिका अभिनित चलचित्र ‘छपाक’ शुक्रबारदेखि रिलिज हुँदैछ । यसको केही दिन अगाडि मात्र दीपिका विद्यार्थीहरुमाझ पुग्दा उनको आलोचना पनि सामाजिक संजालमा खुबै भैरहेको छ । ट्विटरमा दीपिकाको चलचित्र ‘छपाक’लाई बहिष्कार गरौ भन्ने अभियान पनि देखिएको छ ।

दीपिका यो राजनीतिबाट टाढै रहनपर्ने भन्दै उनी गलत समयमा विद्यार्थीहरुमाझ पुगेको भन्दै आलोचना पनि भएको छ । तर, विशेषगरि बलिउड नायिकाहरुले भने उनको समर्थन गरेका छन् । दीपिका बहादुर नायिका भएको भन्दै उनको समर्थन पनि भएको छ ।

अब, हेर्न बाँकी यो छ कि, एसिड पीडितको कथामा बनेको चलचित्रको व्यापारमा दीपिकाको यो कदमले फाइदा पुग्छ या घाटा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment