
‘नाई मलाई थाहा छैन, कर्के नजर, माया लुकी लुकी’ लगायतका हिट गीतका गायक संजिव पराजुली र गायिका टीका प्रसाँइको पोखरामा गुञ्जने भएका छन् । माघ ४ गते हुने पोखरा उद्योग वाणिज्य संघको सभा हलमा उनीहरु एकसाथ प्रस्तुत हुन लागेका हुन् ।
कार्यक्रमको अनुपम म्युजिक पोखरा, लायन्स क्लब अफ पोखरा र आदर्श चौतारी आयोजक छन् । कार्यक्रममा संजिव र टिकाले आफ्नो हिट गीतहरुसँगै अग्रजहरुको लोकप्रिय गीतहरु गाउनेछन् ।
कार्यक्रमबारे संजिव भन्छन्–‘हामीले हाम्रो स्वरमा रेकर्ड भएका सबै गीतहरु गाउनेछौं । हामीले केही गीतहरु ब्याण्ड सहित पनि गाउने छौं ।’ उक्त कार्यक्रमबाट नै संजिव र टीकाको स्वरमा रहेका दुई एल्बम पनि सार्वजनिक गरिनेछ ।’
उनले भने–‘यो हाम्रो पहिलो युगल साँझ भएकाले पनि निकै उत्साहित छु । आशा छ कार्यक्रम पनि राम्रो नै हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4