Comments Add Comment

नेपाल भारत पेट्रोलियम बैठक पुस अन्तिम साता

२४ पुस, काठमाडौं । नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा हुने भएको छ । बैठकमा पेट्रोलियमको आपूर्ति व्यवस्था, अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थको भण्डारण बिस्तारजस्ता विषय प्रखुम एजेण्डा छन् ।

पुष २७ र २८ गते नयाँ दिल्लीमा हुने बैठकमा सहभागी हुन मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयका आपूर्ति महाशाखा प्रमुख एवं सहसचिव ध्रुब घिमिरे नेतृत्व टोलीकोे भ्रमण अनुमोदन गरेको छ ।

बैठकमा अन्तरदेशीय ग्यास तथा पट्रोलियम पाइपलाइन, हाल सञ्चालनमा आएको डिजेल पाईपलाईनबाट पेट्रोल ढुवानी जस्ता विषयमा छलफल हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment