Comments Add Comment

प्रिन्स सेमिफाइनलमा, निता दुई विधामा अन्तिम चारमा

काठमाडौं । भारतीय खेलाडीलाई सोझो सेटमा पराजित गर्द नेपालका प्रिन्स दाहाल काठमाण्डौमा जारी प्रेसिडेन्ट कप नेपाल ईन्टरनेशनल सिरिज २०२० मा पुरुष एकलको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बिहीबार भएको खेलमा युवा स्टार प्रिन्सले भारतका खेलाडी आयन रसिदलाई २१–१०, २१–९ ले पराजित गरे । तर उनी मिक्स डबल्समा भने पराजित भए ।  रसिला महर्जनलाई जोडी बनाएका प्रिन्स भारतका आयन रसिद र तस्निम मिर संग २४–२६, २१–१४, २१–८ ले पराजित हुन पुगे ।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको महिला एकल तर्फ निता लम्साल नेपालकै निलिमा महरालाई २१–१२, २१–६ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भईन् । यस्तै निताले दोहोरो जित निकाल्ने क्रममा गोकुल जोरासंग मिलेर मिक्स डबल्समा नेपालकै नरेन्द्र बम र निलिमा महरालाई २१–१६, २१–१३ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाईन् ।

पुरुष एकल तर्फको अर्को खेलमा नेपालका नरेन्द्र बम श्रीलङ्काका दुमिन्दु अवेविक्रमासंग २१–७, २१–९ को सोझो सेटमा पराजि हुन पुगे । पुरुष एकलतर्फ भारतका अभिन बशिष्ठले श्रीलङ्काकाका दिगायु कहातापितियालाई २१–१५, २१–८ ले तथा भारतका मिरब लुवाङ्गले आफ्नै देशका शिभम कुमार मिश्रलाई २१–१२, २१–१६ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरे ।

दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगितामा रशिला महर्जन एकल प्रतिस्पर्धामा पनि पराजित भईन् । महर्जन मलेसियाकी करुपथेभन लेत्शाना संग २१–१४, २१–१२ ले पराजित भईन् । यस्तै सिमा राजबंशी भारतकी अनुपमा उपाध्यायसंग २१–९, २१–७ले पराजित भईन् । महिला एकल तर्फको अर्को खेलमा भारतकी तस्निमा मिरले मलेसियाकी सरन्या कविलानलाई २१–९, २१–३ ले पराजित गरिन् ।

पुरुष युगल तर्फ नेपालका अमृत चौधरी र जेबी साउदको जोडी नेपालकै डेभिड थापा मगर र युनिश राईको जोडीलाई २१–१६, २१–१२ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे । अन्य खेलमा नेपाली खेलाडीले पराजित भए । श्रीलङ्काकाका दुमिन्दु अवेविक्रमा र दिगायु कहातापितियाको जोडीले नेपालका योगेश खड्का र सत्यम सुब्बाको जोडीलाई २१–१०, २१–१०ले, भारतका आर।बिकास प्रभु र अरुण कार्थिक के।को जोडीले नेपालका गोकुल जोरा र प्रियान्शु सिंह क्षेत्रीको जोडीलाई २१–१०, २१–१८ ले पराजित गर्दै सेमिफाईन प्रवेश गरे ।

मिक्स डबल्स तर्फ नेपालका पेम्बा शेर्पा र सिमा राजबंशीको जोडीले अमृत चौधरी र बिष्णा बिष्टको जोडीलाई २१–१४, २१–१० को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरे भने जेबी साउद र प्रसुना खत्रीको जोडी भारतका मुरुगप्पा केएस र सनिया सिकन्दरको जोडी संग २१–२, २१–७ ले पराजित भए । प्रतियोगितामा यु – १९ को विधामा मात्र प्रतिस्पर्धा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment