+

बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा

२०७६ पुष  २५ गते ८:४१ २०७६ पुष २५ गते ८:४१
बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा

काठमाडौं । एट्लेटिको मड्रिड स्पानिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई ३–२ ले पराजित गर्दै एट्लेटिको फाइनलमा प्रवेश गरेको हो ।

अब उपाधिका लागि एट्लेटिकोले अल मड्रिड डर्बीमा रियल मड्रिडसँग खेल्नेछ ।

साउदी अरबको किश्र अब्दुल स्पोर्ट्स सिटीमा भएको दोस्रो सेमिफाइनल खेलमा एन्झन कोरेयले ८६ औं मिनेटमा निर्णायक गोल गरेपछि एट्लटिको विजयी भएको हो । एटलेटिकोले अन्तिम ९ मिनेटमा दुई गोल गरेको थियो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपछि ४६औं मिनेटमा कोकेले गोल गर्दै एट्लेटिकोलाई पहिले अग्रता दिलाएका थिए । तर लामो सयम अग्रता टिकेन ।बार्सिलोनाका कप्तान लिओनल मेस्सीले ५१ औं मिनेटमा बराबरी गोल फर्काए।

६१औं मिनेटमा एन्टोनी ग्रीजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता पनि टिक्न सकेन ।

८१औं मिनेटमा अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे । त्यसको पाँच मिनेटपछि कोरेयले गोल गर्दै एट्लेटिकोलाई ३–२ को अग्रता दिलाए । अन्ततः त्यही गोल निर्णायक बन्दा एट्लेटिको विजयी हुँदै फाइनल प्रवेश गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय