+
+
Shares

४६ बर्षमा ऋतिक

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १२:२०

बलिउडमा ह्यान्डसम नायक ऋतिक रोशन आजबाट ४६ बर्षमा प्रवेश गरेका छन् । ऋतिक बलिउडमा प्रवेश गरेको पनि २० बर्ष भएको छ । ऋतिकले अभिनय गरेको पहिलो बलिउड चलचित्र ‘कहो ना प्यार हे’ हो । यो चलचित्र बक्स अफिसमा सुपरहिट भएसँगै ऋतिकको करिअर उदायो ।

उनी अभिनित २ चलचित्र गतबर्ष रिलिज भए र बक्स अफिसमा सुपरहिट भए । ऋतिक अभिनित ‘कृष’को २ सिरिजले पनि उनलाई नयाँ उचाइमा पुर्यायो । ‘जिन्दगी ना मिलेगा दोबरा, काबिल, सुपर ३०, कोई मिल गया’ लगायतका चलचित्रमा उनले गरेको अभिनयको पनि खुबै चर्चा भयो ।

ऋतिकको व्यक्तिगत जीवन सधै चर्चामा रह्यो । आफ्नी श्रीमति सुजैनसँग बैबाहिक जीवनबाट अलग हुने निर्णय लिएसँगै ऋतिकको केही बर्ष तनावपूर्ण रुपमा वित्यो । सोही समयमा उनी र नायिका कंगना रनावतको प्रेम पनि सार्वजनिक भयो । तर, प्रेम विछोडमा परिणत भएपछि ऋतिक र कंगनाविच केही महिना मिडियामा वाकयुद्ध नै चल्यो ।

आफ्नो ४६ औं जन्मदिनमा मिडियासँग कुरा गर्दै ऋतिकले भनेका छन्–‘म हरेक चलचित्रमा केही नयाँ कुरा सिकिरहेको हुन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?