+
+
Shares

मण्डलामा ‘झिम्के मामा’को तयारी

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २७ गते १४:२९

मण्डला थिएटर नयाँ नाटकको तयारीमा लागेको छ । मण्डलाकै प्रस्तुतीमा ‘झिम्के मामा’ मञ्चन हुन लागेको हो । माघ ४ गतेबाट मञ्चन हुने नाटकको अहिले पूर्व अभ्यास भइरहेको छ ।

प्रदिप कुमार चौधरीको लेखन तथा निर्देशन रहेको नाटकमा दुर्गा प्रसाद पाण्डेको कथा छ । ‘झिम्के मामा’ समसामयिक विषयमा तयार भएको नाटक हो । नाटक निर्देशक चौधरी भन्छन्–‘नाटकले सामाजिक तथा सस्कारिक रुपमा जकडिएर रहेको जातिय विभाजन र वर्ण व्यवस्थाले आम मानिसको सोचमा कसरी प्रभाव पारिरहेको छ भन्ने कुरालाई देखाउने छ ।’

कुनै पनि व्यक्तिको चरित्र तथा उपयोगिता उसको जन्म र वर्णले कसरी निर्धारण गर्छ भन्ने कुरालाई नाटकले व्यङ्ग गरेको उनले बताए ।

१ घण्टा २० मिनेट लामो यो नाटकमा अंकित खड्का, अनुप न्यौपाने, संयोग गुरागाँई, सागर खाती कामी, रीता श्रेष्ठ, युनिश श्रेष्ठ, सुशिल पाण्डे, विकाश पन्त, महन थापा, उषा किरण काफ्ले, रक्षा थापा, काब्या बराल, अर्विन्द अमात्य र क्रिजन महतले अभिनय गर्नेछन् ।

४ गतेबाट सुरु हुने यो नाटक २६ गतेसम्म चल्नेछ । सोमबार बाहेक हरेक दिन बेलुका ५ बजेबाट मञ्चन सुरु हुनेछ । शनिबार दिउँसो र बेलुका दुई पटक नाटक मञ्चन गरिनेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?