Comments Add Comment

प्रश्ना शाक्यको स्वरमा वेदनाको गीत

एउटी महिलाले श्रीमान गुमाउनुको वेदना कस्तो हुन्छ ? एउटी छोरीले आफ्ना पिताको स्पर्श गुमाउनुको मर्म कस्तो हुन्छ ? प्रश्ना शाक्यको गीतले यसको जवाफ खोज्छ । ‘आँशुले छचल्किए आँखाहरु’ गीतले पारिवारिक वेदनाको कथा भनेको छ । यो गीत ‘आँशु’ गीति एल्वममा संग्रहित छन् ।

आफ्ना श्रीमानसँगका घमाइला दिनहरु जसरी मस्तिष्कमा ताजा भएर आउँछ, जुन अब उनले कहिल्यै भोग्न पाउने छैनन् । सानी छोरी भन्छिन्, ‘मामु, मेरो पनि बाबा हुनुभएको भए मलाई स्कुलसम्म पुर्‍याइदिन्थे होला है ।’ यही पृष्टभूमीमा जीवन भट्टराई, इस्टु कार्की र दीप्सना भट्टराईले अभिनय गरेका छन् ।

गीतका रचनाकार हुन्, रुवी पोखरेल । रुवीको यो पहिलो गीति संग्रह हो । उनको गीतमा सुनिल मास्केले धुन भरेका छन् । प्रदीप श्रेष्ठको संगीत संयोजन छ । गीतको म्युजिक भिडियोलाई उत्सव दाहालले छायांकन गरेका छन् । साथै युवराज वाइवाले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment