Comments Add Comment

सभामुखको विषयमा नेकपाभित्र अन्तर्विरोध ल्याउन खोजिएको छ : महासचिव पौडेल

२७ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले सभामुख चयनका विषयमा नेकपाभित्र अन्तर्विरोध ल्याउने प्रयास भएको आरोप लगाएका छन् ।

पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा उनले सभामुखका विषयमा पार्टीमा अन्तरविरोध ल्याएर फाइदा लिन सकिन्छ कि भन्ने प्रयास भएको बताएका हुन् ।

‘सभामुख र उपसभामुखको प्रश्नमा नेकपाभित्र अन्तर्विरोध ल्याउने र यो अन्तर्विरोधको प्लालबाट छिर्न खोज्दैछन् । त्यो बेकारको मृगतृष्णा हो’ उनले भने ।

महासचिव पौडेलले सभामुख र उपसभामुखका विषयमा नेकपाले हार्दिकतापूर्ण निर्णय लिएर आउने जिकिर पनि गरे । ‘ ककसलाई के के भन्न मन लाग्छ भन्दै गरे हुन्छ । के के लेख्न मन छ लेखे हुन्छ, तर हामी हार्दिकतापूर्वक निर्णय लिएर आउछौं’ उनले भने ।

नेपाल कम्युनिस्ट पार्टीभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच मत नमिल्दा संसद बैठक नै चल्न सकेको छैन । नेकपा (तत्कालीन एमाले) बाटै निर्वाचित भएकी उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि पार्टी संसदीय दलको बैठकले निर्णय गरे पनि राजीनामा दिएकी छैनन् ।

‘पार्टी एकता कमजोर हुन दिन्नौं’

महासचिव पौडेलले पार्टी एकतालाई जोगाएर लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । कसैले धारे हात लागाउँदैमा पार्टी एकता कमजोर नहुने उनको भनाइ छ ।

‘सानातिना घटनामा पनि रंगीविरंगी आशंका हुने गरेका छन् । सानातिना विषयमा कसैले जिब्रो चिस्याउन आवश्यक छैन’ पौडेल भन्छन्, ‘हामी पार्टी एकतालाई अक्षुण जोगाएर जान्छौं ।’

खास–खास बेलामा तत्कालीन एमाले र माओवादीका बीचमा सत्रुतापूर्ण सम्बन्ध रहेको समेत उनले स्मरण गरे । संविधान जारी गर्ने लगायतका विषयमा तत्कालिन एमाले र माओवादी केन्द्र एक ठाउँमा रहेको उलेख गर्दै पौडेलले भने, ‘खास खास बेलाको कुरा गर्ने हो भने हाम्रो मित्रतापूर्ण मात्र नभई सत्रुतापूर्ण सम्बन्ध पनि थिए । एकले अर्कोलाई सके निल्ने नसके मिल्ने अवस्थामा थियौं ।’

विद्यार्थीको केन्द्रीय समितिले लियो सपथ

आइतबार राष्ट्रिय सभागृहमा आयोजित ‘एकताको प्रथम पूर्ण बैठकमा’ अनेरास्ववियूका केन्द्रीय कमिटीका ३३५ सदस्य र विभिन्न तीन वटा विभागका सदस्यहरुले सपथ लिएका छन् । उनीहरुलाई नेकपाका महासचिव विष्णु पौडेलले सपथ खुवाए ।

३३५ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालिन अनेरास्ववियूका १८० र तत्कालिन अनेरास्ववियू क्रान्तिकारीका १५५ जना परेका छन् ।

अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ । स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना सदस्य छन् ।

अनेरास्ववियूले गत पुस १८ गते एकीकृत केन्द्रीय समितिको टुंगो लगाएको थियो । आततबार केन्द्रीय सदस्यहरुले सपथ ग्रहण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment