२८ पुस, काठमाडौं । इरानकी ओलम्पिक पदक विजेता एकमात्र महिला विजेता किमिया अलीजादेहले देश छोड्ने निर्णय गरेकी छन् ।
इरानको ‘पाखण्ड, झुट, अन्याय र चापलुसी’ को अंग बन्न नसक्ने भन्दै २१ वर्षीया किमियालेसामाजिक सञ्जालमार्फते देश छाड्ने घोषणा गरेकी हुन् ।
इन्स्टाग्राम पोष्टमा किमियाले इरानमा सताइएका लाखौं महिलामध्ये आफू पनि एक भएको बताएकी छन् । किमिया अहिले कहाँ छिन् भनेर उक्त पोष्टमा केही खुलाएकी छैनन् । तर इरानी मिडियाले भने उनी तालिमको सिलसिलामा नेदरल्याण्डसमा हुन सक्ने बताएका छन् ।
२०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा उनले कांस्य पदक जितेर ओलम्पिकमा पदक जित्ने पहिलो इरानी महिला खेलाडीको इतिहास रचेकी थिइन् । इरानी अधिकारीहरूले आफ्नो सफलतालाई ‘प्रोपोगाण्डा’को रुपमा प्रयोग गरेको उनले आरोप लगाएकी छन् ।
सैन्य प्रमुख कासिम सुलेमानीको हत्यापछिका घटनालाई लिएर इरानमा ठूलो विरोध प्रदर्शन भइरहेको समयमा किमियाको देश छोड्ने निर्णय गरेकी हुन् । बुधबार इरानी सेनाले युक्रेनी विमानलाई मिसाइल प्रहार गरी खसालेपछि सरकारको विरोधमा इरानी जनताले सडकमा विरोध प्रदर्शन गरेका छन् ।
दुई दिनसम्म इरानले मिसाइल आक्रमणबाट विमान खसेको कुरालाई अस्वीकार गर्दै आएको थियो । यसबाहेक, इरान र अमेरिकाबीच द्वन्द्वको स्थिति छ ।
अधिकारीहरूले अपमानित गरे
किमियाले आफ्नो सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म इरानका लाखौं सताइएका महिलामध्ये एक हुँ जो वर्षौंदेखि देशको लागि खेलिरहेकी छु । मैले अधिकारीहरूले भनेका कुरा पालन गरेँ । हरेक अर्डर अनुशरण गरेँ तर उनीहरुको लागि हाम्रो कुनै स्थान छैन । हामी केवल उनीहरुको लागि प्रयोग गर्ने हतियार मात्रै हौं ।’
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4