+
+
Shares

स्ववियु चुनावमा होमिने अनेरास्ववियूको निर्णय, ९५ प्रतिशत क्याम्पसमा जित्ने दाबी

अनेरास्ववियूको सचिवालय १११ सदस्यीय, हाइकमाण्ड टुंगो लागेन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २८ गते २०:५५
एकतापछिको पहिलो पूर्ण बैठकको पहिलो दिन सहभागी अनेरास्ववियूका संयोजक ऐन महर, रञ्जित तामाङलगायत । तस्वीर : विजय गौतम

२८ पुस, काठमाडौं । आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनमा होमिने निर्णय गर्दै सत्तारूढ नेकपा निकट अनेरास्ववियूको केन्द्रीय कमिटीको दुई दिने बैठक सकिएको छ। बैठकले एक महिनाभित्र प्रदेश ,जिल्ला र क्याम्पस तहको एकता सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

आइतबार राष्ट्रिय सभागृहमा उद्घाटन भएको बैठक सोमबार त्रिभुवन विश्वविद्यालयस्थित स्मृति भवनमा बसेको थियो । पूर्वएमाले निकट अनेरास्ववियु र पूर्वमाओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)को एकतापछि बनेको अनेरास्ववियूको पहिलो केन्द्रीय कमिटी बैठक बसेको हो । अनेरास्ववियूको केन्द्रीय कमिटीमा पूर्वअनेरास्ववियुबाट १८० जना र पूर्वक्रान्तिकारीबाट १५५ जना छन् ।

सोमबारको बैठकमा संयोजक ऐन महरद्वारा प्रस्तुत ३६ पृष्ठको राजनीतिक तथा शैक्षिक प्रतिवेदन तथा सहसंयोजक रञ्जित तामाङद्वारा प्रस्तुत विधान मस्यौदा प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ। संयोजक महरद्वारा प्रस्तुत प्रतिवेदनमा आगामी फागुन १४ गतेको स्ववियु निर्वाचनमा संगठन सम्पूर्ण रुपले होमिने उल्लेख छ।

आगामी स्ववियू निर्वाचनमा ९५ प्रतिशतसम्म क्याम्पसहरुका अनेरास्ववियू विजयी हुने आंकलन नेतृत्व तहका नेताहरुले प्रस्तुत गरेका थिए ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ सालयता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन ।  वि.सं. २०७३ भएको स्ववियु निर्वाचनको २०७५ फागुन १४ गते नै कार्यकाल सकिए पनि त्रिविले एक वर्ष समयावधि थप गरेको थियो । त्रिविको विनियमावलीमा संशोधन गरेर २०६९ सालमा २८ वर्षे उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन गर्ने व्यवस्था गरेको थियो ।

अनेरास्ववियूको हाइकमाण्ड टुंगो लागेन

यसैबीच नयाँ विधानअनुसार अब अनेरास्ववियूको केन्द्रीय कमिटी ३३५ सदस्यीय, १११ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी समिति रहने भएको छ । केन्द्रीय कार्यालय (हाइकमाण्ड) कति सदस्यीय बनाउने भन्नेबारे भने टुंगो लागिसकेको छैन । अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले ९ देखि १५ जनासम्मको केन्द्रीय कार्यालय रहने बताए ।

त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त करीब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत दश वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । महाशाखा प्रमुख थापाले सबै विद्यार्थीसँग छलफल गरेर निर्वाचनको तालिका सार्वजनिक गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?