+
+
Shares

 अष्ट्रेलियन शैक्षिक मेला हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २९ गते १२:०७

२९ पुस, काठमाडौं । ग्लोबल रिचको आयोजनामा आगामी माघ ३ गते शुक्रबार काठमाडौंस्थित होटल डेला अन्नपूर्ण दरबारमार्गमा अष्ट्रेलियन शैक्षिक मेलाहुने भएको छ । शैक्षिक मेला विहान ११ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुने छ । उक्त शैक्षिक मेलामा विश्व सूचिमा अग्रस्थानमा रहेका अष्ट्रेलियाका उत्कृष्ट ३० भन्दा बढी युनिभर्सिटिहरुको सहभागिता रहने आयोजक संस्था ग्लोबल रिचले जनाएको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक मेलामा सहभागी विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसँग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गरी आफुले अध्ययन गर्न चाहेको विषयमा यथेष्ट जानकारी लिन सक्नेछन् ।

साथै ग्लोबल रिचले उपत्यका बाहिरका तीन वटा शहर पोखरा, चितवन र बुटवलमा पनि अष्ट्रेलियन शैक्षिकमेला आयोजना गर्दैछ ।

माघ ४ गते शनिबार पोखराको सिटी स्क्वायर बैंङ्केट न्यूरोडमा विहान ११ बजे देखि ४ बजेसम्म, माघ ५ गते आइतबार चितवनको भरतपुर गार्डेन रिसोर्टमा बिहान ११ बजे देखि ३ बजे सम्म र माघ ६ गते सोमबार बुटवल मिलनचोक स्थित दियालो फुडल्याण्डमा बिहान११ बजे देखि ४ बजे सम्ममेलन हुने जानकारी प्रेस विज्ञप्ती उल्लेख गरिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?