Comments Add Comment

दुई वटा जीप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

२९ पुस, काठमाडौं । काठमाडौंको साँखु सडक खण्डमा दुई वटा जीप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक थाङपाल गाउँपालिका-७ घर भई काठमाडौं गोकर्णेश्‍वर नगरपालिका दक्षिण ढोका बस्ने २२ वर्षीय शीव सुनुवार रहेका छन् ।

शंखरापुर नगरपालिका-६ साँखुस्थित सडकमा बा.१६ च ८७७० नम्बरको जीप,  बा.६४ प ६८०९ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेटको बीआर ०६ पीडी ४०५९ नम्बरको जीप मंगलबार एकआपसमा ठोक्किँदा सुनुवार गम्भीर घाइते भएका थिए ।

उनको शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनमा परी मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २३ वर्षीय सागर श्रेष्ठ घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र दुबै जीपको चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment