+
+
Shares

उपसभामुखले राजीनामा दिनुको विकल्प छैन : प्रवक्ता श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १ गते १६:१४

१ माघ, गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुको विकल्प नरहेको बताएका छन् ।

कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि बुधबार जिल्ला सदरमुकाम आएका श्रेष्ठले पत्रकारसागको कुराकानीमा नेकपाले सभामुखमा उम्मेदवारी दिन उपसभामुखले राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘हाम्रो पार्टी अहिले देशकै ठूलो पार्टी हो, सभामुख पद हामीले हासिल गर्न खोज्नु स्वाभाविक छ,’ उनले भने, ‘तर हाम्रो पार्टीबाट सभामुख पाउन अहिलेको उपसभामुखले राजीनामा दिनैपर्छ ।’

नेपालको संविधान अनुसार एउटै पार्टीबाट सभामुख र उपसभामुख हुन नमिल्ने भन्दै उनले उपसभामुखले राजीनामा दिएपछि मात्र नेकपाले सभामुख दावी गर्न मिल्ने हुनाले यो कुरा उपसभामुखखले बुझ्ने बताए ।

‘उपसभामुखले राजीनामा नदिइ हाम्रो पार्टीले सभामुख पाउदैन, अहिलेको उपसभामुख कानूनको विद्यार्थी पनि हुनुहुन्छ, उपसभामुख भएर धेरै अनुभव पनि हासिल गरिसक्नुभएको छ, संविधानको मर्म बुझेर राजीनामा दिनु हुन्छ भन्ने अपेक्षा गरेका छौ ।’

उपसभामुखले राजीनामा नदिएमा के हुन्छ ? भन्ने पत्रकारको प्रश्नको उत्तर दिदै उनले भने, ‘हामीले त्यो कुराको कल्पना नै गरेका छैनौ, उहाँ लामो समयसम्म पार्टीमा क्रियाशील बौद्धिक व्यक्ति हुनुहुन्छ, त्यसैले उहाँले राजीनामा नदिए के हुन्छ भन्ने बिकल्प हामी सोच्दैनौ, उहाले विवेक प्रयोग गरेर राजीनामा दिनुहुन्छ ।’

राजीनामा नदिएसम्म तुम्बाहाङ्फे आफैं पनि सभामुख बन्न नपाउने श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?