Comments Add Comment

चीनलाई उपहार दिएको सोल्टी गैंडा मर्‍यो, मितिनी एक्लिइन्

२ माघ, काठमाडौं । आजका पत्रिकाहरुमा फरक-फरक समाचारले पहिलो पृष्ठमा स्थान पाएका छन् । यद्यपि बालुवाटार जग्गा प्रकरणका मुख्य आरोपी शोभाकान्त ढकालको घरमा बम विष्फोट भएको समाचारलाई सबैजसो पत्रिकाहरुले समेटेका छन् ।

यसैगरी नेकपा अध्यक्ष प्रचण्डले द्वन्द्वकालमा मारिएकामध्ये ५ हजारको मात्र जिम्मा लिने र कैलाली घटनाका आरोपी रेशम चौधरीलाई जेलमुक्त गराउने अभिव्यक्ति दिएको समाचारलाई पनि आजका पत्रिकाहरुले छुटाएका छैनन् ।

दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क

अर्थतन्त्र ओरालो लाग्नुका कारणहरु खोतल्ने प्रयास गरेको अन्नपूर्ण पोष्ट दैनिकले दलित समुदायलाई सबै तहको शिक्षा निःशुल्क दिने तयारी सरकारले गरेको समाचार छापेको छ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले केही नेपाल ऐन संशोधन गरी दलित समुदायले चाहेजति तहमा निःशुल्क पढ्न पाउने व्यवस्था गरेको हो । हाल दलित समुदायका विद्यार्थीहरुलाई कक्षा १० सम्मको शिक्षा पूर्ण निःशुल्क छ भने कक्षा ११ र १२ पढ्नेलाई निश्चित कोटामा छात्रवृत्ति दिइँदै आएको छ ।

बजेट खर्च झन् कमजोर हुँदा एक खर्ब ७४ अर्ब सरकारको खातामै रहेको भनेर कान्तिपुर दैनिकले मुख्य समाचार छापेको छ ।

सोल्टीको मृत्यु भएपछि मितिनी एक्लिइन्

चीनलाई उपहारस्वरुप नेपालले दिएको एउटा भाले गैंडाको सांघाइ पार्कमा मृत्यु भएको समाचार कान्तिपुरले भित्री पृष्ठमा छ । नेपालले ‘सोल्टी र ‘मितिनी’ नेपाली नाम दिइएका एक जोडी गैंडा चीनलाई उपहारस्वरुप दिएको थियो । सोल्टीको मृत्यु भएपछि मितिनी एक्लिएकी छन् । सो गैंडा पेटको समस्याले मरेको जानकारी चीनले नेपाललाई दिएको छ ।

गोरखापत्र दैनिकमा नेपालले झापाको सिलिगुढीदेखि झापासम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन भारतसमक्ष प्रस्ताव गरेको र एकै दिक ४२ अर्ब राजस्व संकलन भएको समाचार प्राथमिकतामा परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप अधिकार मागेको समाचारलाई नागरिक दैनिकले मुख्य समाचारको रुपमा छापेको छ ।

पर्यटक : दैनिक ५ हजार चाहिने दुई हजारमात्र भित्रिए

नेपाल समाचारपत्र दैनिकमा नेपाल भ्रमण वर्ष २०२० सुरु भएपछि दैनिक दुई हजार तीन सय पर्यटकहरु मात्र नेपाल भित्रिएको समाचार छापेको छ । २० लाख पर्यटक भित्राउने योजना पूरा हुन दैनिक ५ हजार ४ सय पर्यटकहरु भित्रिनुपर्ने समाचारमा उल्लेख छ । अध्यागमन विभागका अनुसार विगत १४ दिनमा ३२ हजार ३ सय २५ बाह्य पर्यटकहरु नेपाल भित्रिएका समाचारपत्रले लेखेको छ ।

राजधानी दैनिकले पूर्वमन्त्रीहरुबाटै कानुन उल्लंघन भएको समाचारलाई मुख्य समाचारको रुपमा स्थान दिएको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीहरुले कानुनमाथि धावा बोल्दै ठूलो संख्यामा सुरक्षाकर्मी आफ्नो निवासमा तैनाथ गराउँदै आएको समाचारमा उल्लेख छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment