+
+

विमानस्थलमा ‘तँ’ भनेपछि प्रहरीसँग आक्रोशित आस्था राउत

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २ गते १२:२५

गायिका आस्था राउत हक्की स्वभावकी छिन् । उनी कुनै पनि कुरामा बोल्न पछि हट्दिनन् । हालैमात्र, एक विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीबाट दुव्र्यवहार भएको भन्दै उनले नेपाल प्रहरीप्रति आक्रोश पोखेकी छिन् । उनको आक्रोशले भरिएको भिडियो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ ।

चेकिङका क्रममा एक महिला प्रहरीले आफूलाई ‘तँ’ भनेको भन्दै उनी आक्रोशित देखिएकी हुन् । उनले भनेकी छिन्–‘मेरो हातमा कफी थियो । यसैले, मैले आफै चेक गर्नुहोस् भने । तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ ।’

उनले, प्रहरीका ठूला पोष्टमा बस्नेहरुलाई मात्र हजुर हजुर भनेर सम्बोधन गर्ने तर साधारण जनतालाई सम्मान नगर्ने बानी हटाउन नेपाल प्रहरीसँग आग्रह गरेकी छिन् । आस्थाले भिडियोमा भनेकी छिन्–‘यो नेपाल प्रहरीको जरामा नै गन्ध छ । माथि टुप्पाबाट दर्शन, यत्रो…दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’

उनले, प्रहरीको यूनिफर्म लगाएको भरमा सर्वसाधरणलाई धम्काउन नमिल्ने बताएकी छिन् । उनले भनिन्–‘प्रहरीको माथिल्लो पोष्टमा बस्नेहरुले सिपाही, हवल्दारलाई संकार दिनुहोला । हजुरहरुलाई मात्र होइन, अरुलाई पनि हजुर भन्ने सिकाउनुहोस् । ‘तँ’ भनेको हामी सहँदैनौ । घरकै बाबु आमाले त अहिलेसम्म ‘तँ’ भनेका छैनन् । सम्मान गर जनतालाई । तिमीहरुलाई सम्मान चाहिन्छ भने अरुलाई पनि सम्मान गर ।’

आक्रोशित शैलीमा उनले भनेकी छिन्–‘गल्तीविना कसैलाई तँ तँ भनेर सिकाउने काम नगर । नालिका किराहरुलाई कहिले सिकाउने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?