Comments Add Comment

पाँचौ एनभीए भलिबल च्याम्पियनसिप सुरु

काठमाडौं । पाँचौ आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप आज देखि शुरु भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी)को मुख्य प्रायोजनमा हुने प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ७ टिम सहभागी छन् ।

पुरुषतर्फ १२ टिम हुने भनिए पनि अन्तिममा १ टिम घटेको छ । ११ टिमलाई ४ समूहमा विभाजन गरिएको छ र हरेक समूहको शीर्ष दुई टिम क्वार्टरफाइनलमा प्रवेश गर्नेछ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने प्रतियोगितामा आज पुरुषतर्फ दुई र महिलातर्फ १ गरी ३ खेल हुनेछ ।

पुरुषतर्फ समूह डी मा दुई टिम मात्र रहेकोले दुवै टिम सिधै क्वाटरफाइनलमा पुग्ने पक्का छ । समूह डी मा हेल्प नेपाल स्पोर्टस क्लब र बुद्धटोल युवा भलिबल क्लब छन् । समूह विजेता र उपविजेताको लागि मात्र खेल हुनेछ ।

यस्तै समूह ए मा त्रिभुवन आर्मी क्लब, आरजी ग्रुप र नयाँबजार सामाजिक युवा क्लब छन् । समूह बी मा एपीएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको टिम छन् ।

समूह सी मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब छन् । प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् ।

यसैगरी महिलातर्फ दुई समूह छ । समूह ए मा ४ टिम र समूह बी मा ३ टिम छन् । महिला तर्फ समूह ए मा एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र भरतपुर महानगरको टोली परेका छन् ।

समूह बी मा न्यू डायमन्ड क्लब, नेपाल पुलिस र ढोरपाटन भलिबल क्लब छन् । दुबै समूहको उत्कृष्ट दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।  प्रतियोगिताबाट उत्कृष्ट ६ टिमले क्लब लिगमा सहभागिताको अवसर पाउनेछन् ।

पुरुष र महिला टिमका हरेक टोलीले बढीमा ३ जनासम्म बिदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् ।

उपाधि विजेताले २ लाख र दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । बिधागततर्फ उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले समान १० हजार पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment