+
+
Shares

क्रसर उद्योग बन्द गरे आन्दोलन गर्ने चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ३ गते १९:०५

३ माघ, जनकपुरधाम । अवैध नदी उत्खननको विरोध गरेकै कारण दिलीप महतोको हत्या भएपछि स्थानीय प्रशासनले क्रसर उद्योगहरुमाथि कडाई गरेको छ ।

प्रदेश सरकारले पनि मापदण्ड विपरितका क्रसरहरु बन्द गराउन प्रमुख जिल्लाहरुलाई पत्राचार गरेको छ भने जिल्ला समन्वय समिति धनुषाले तत्कालका लागि जिल्लाभरका क्रसर उद्योगहरु बन्द गराउने निर्णय गरेको छ ।

तर जिससको निर्णय कार्यान्वयन नहुँदै क्रसर उद्योगीहरु भने आन्दोलनमा उत्रिएका छन् । प्रहरी लगाएर उद्योग व्यवसाय संचालनमा अवरोध सृजना गरिएको उनीहरुको आरोप छ ।

क्रसर उद्योग संचालक समिति जनकपुरधामले शुक्रबार प्रदेश २ का मुख्यमन्त्री कार्यालयलाई ज्ञापन बुझाउँदै औरही खोलामा भएको घटना छानबिन गरी दोषी उपर कानूनी कारबाही गर्नेतर्फ उचित ध्यान नदिई आफूहरुको व्यवसायमा गैरकानूनी तरिकाबाट रोक लगाउन खोजेको जनाएको छ ।

उनीहरुले कानून प्रकृया निर्धारण नगरी हचुवाको भरमा उद्योग, व्यवसाय संचालनमा रोक नलगाउन आग्रह गरेका छन् । ‘प्रदेश सरकारले प्रहरीद्वारा कानून विपरित तबरबाट क्रसर व्यवसायमा रोक लगाएकाले रोक खुल्ला नगरेसम्म हामी उद्योग बन्द गरेर आन्दोलनमा रहनेछौं’ मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव शंकर प्रसाद सुवेदीलाई बुझाइएको ज्ञापनमा भनिएको छ, ‘आन्दोलनबाट हने क्षतिको सम्पूर्ण जिम्मेबारी सम्बन्धित पक्षले नै लिनुपर्नेछ ।’

अरु प्रदेशमा क्रसर उद्योग सञ्चालन भइरहेको भएपनि प्रदेश २ सरकारले विभेद गरेको तथा व्यापार व्यवसाय गर्ने अधिकार हनन गर्न खोजेको उनीहरुको आरोप छ ।

तत्काल संचालन गर्न नदिइने

जिल्ला समन्वय समिति धनुषाले भने तत्काल क्रसर उद्योग संचालन गर्न नदिइने जनाएको छ ।

समितिका सभापति रामदेव बनरैत यादवले जिल्लाभरिका क्रसर उद्योग बन्द गर्ने निर्णय गरिएको बताए । ‘अधिकांश क्रसर मापदण्ड विपरित संचालन भएको पाइएपछि हामीले बन्द गर्ने निर्णय गरेका हौं’ उनले भने, ‘जबसम्म स्थलगत अनुगमन गर्दैनौं, तबसम्म बन्द गर्ने निर्णय फिर्ता हुने छैन् ।’

अनुगमनका क्रममा मापदण्ड पूरा गरेको पाइएका क्रसरहरु मात्र संचालन अनुमति दिइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?