Comments Add Comment

अन्नपूर्ण पदमार्गमा हिमपहिरो, नेपाली गाइडसहित ९ पर्यटक सम्पर्कबिहीन

३ माघ, पोखरा । अन्नपूर्ण पदमार्गमा हिमपहिरो गएको छ । पदमार्ग अन्तर्गत देउराली नजिकै हिउँ पहिरोमा केही पर्यटक परेको आशंका गरिएको छ ।

हिमपहिरोमा केही चिनियाँ र कोरियन पर्यटक परेको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको प्रहरीको भनाइ छ ।

पदयात्रामा रहेका चिनियाँ र कोरियन पर्यटकको समूह हिमपहिरोमा परेको प्रहरीले बताएको छ। पर्यटकलाई लिएर पदयात्रामा गएका गाइड पनि हिमपहिरोमा परेका छन्।

नेपाली गाइड, पोर्टल, कोरियन र चिनियाँ पर्यटक गरी ९ जना सम्पर्कबाहिर रहेको बताइको छ ।

जिल्ला प्रहरी कार्यालय र टान पोखराबाट उद्दार टोली घटनास्थलतर्फ लागिसकेको प्रहरीले जनाएको छ । दिउँसो १२ बजेतिर देउरालीनजिकै हिमपहिरोको खबर आएको टान पोखरा अध्यक्ष हरि भुजेलले जानकारी दिए ।

हिमपहिरो गएको क्षेत्रमा हिमपात परिरहेको र जसका कारण सञ्चार सम्पर्क नहुँदा एकिन तथ्यांक नआएको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment