+
+

शीतलनिवासको गल्ती सामाजिक सञ्जालमा भाइरल

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते १०:४०

४ माघ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासको सचिवालयले शुक्रबार विज्ञप्ति जारी गर्ने क्रममा गरेको गल्ती सामाजिक सञ्जालमा चर्चाको विषय बनेकाे छ । चौतर्फी आलोचनापछि भने शीतलनिवासले गल्ती सच्याउँदै दोस्रो विज्ञप्ति जारी गरेकाे छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेको विषयमा विज्ञप्ति जारी गरेका थिए ।

माघ ३ गते जारी विज्ञप्तिमा ‘आज मिति २०७६ माघ १० गते’ लेखिएपछि सामाजिक सञ्जालमा यसले चर्चा पाएको हो ।

सामाजिक सञ्जालमा विरोध भएपछि ‘आज मिति २०७६ माघ ३ गते’ लेखेर अर्को विज्ञप्ति जारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?