Comments Add Comment

सत्य निरुपणको अध्यक्षमा भट्ट र वेपत्तामा सुवेदी सिफारिस

Photo Credit : गणेश दत्त भट्ट

४ माघ, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा गणेश दत्त भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदी सिफारिस भएका छन् ।

पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूनमन्त्री भानुभक्त ढकाललाई दुबै आयोगका पदाधिकारीहरुको नाम बुझाएको हो ।

स्रोतका अनुसार सत्य निरुपणमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र अर्का एकको नाम सिफारिस भएको छ । यस्तै वेपत्ता छानविन आयोगको सदस्यहरुमा विष्णु भण्डारी, सुनिल रञ्जन सिंह, गांगा अधिकारी र सरिता थापा मगरको नाम सिफारिस भएको छ ।

र, भोलि बस्ने मन्त्रिपरिषद् बैठकले दुबै आयोगका पदाधिकारीहरु नियुक्ति गर्नेछ ।

दुबै आयोग चैतदेखि पदाधिकारीविहीन छन् । आयोगका पदाधिकारीहरु सिफारिस गर्न गत चैतमा नै मिश्रको नेतृत्वमा सिफारिस समिति बनाएको थियो ।

यसबीचमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेसबीच सत्य निरुपण आयोगको अध्यक्षमा गोविन्द बन्दी, सूर्य ढुंगेल, रमनकुमार श्रेष्ठ लगायतको नामबारे पनि छलफल भएको थियो भने वेपत्ता आयोगमा पुरानै पदाधिकारी दोहोर्‍याउने समझदारी पनि बनेको थियो ।

तर द्वन्द्व पीडितहरुले पुराना पदाधिकारी नहोदोर्‍याए आफूहरुलाई स्वीकार्य नहुने चेतावनी दिए । उनीहरुले पदाधिकारी नियुक्तिमा दलीय भागवण्डा गर्न खोजिएकोमा पनि विरोध गरेका थिए ।

अहिले आफूहरुले भने राजनीतिक नेतृत्वले पनि स्वीकार गर्ने, तर प्रक्रियाबाट आएका नामलाई सिफारिस गरेको सिफरिस समितिका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment