Comments Add Comment

ए डिभिजन लिगमा आज २ खेल, एनआरटीसँग एपीएफ र फ्रेण्ड्ससँग सरस्वती भिड्दै

४ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

सातौं चरणअन्तर्गत आज न्यूरोड टिम एनआरटी र एपीएफ तथा फ्रेण्ड्स क्लब र सरस्वती युथ क्लबबीच खेल हुने एन्फाले जनाएको छ ।

दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ । सातौं चरणको सबै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने भनिए पनि वर्षा कारण एन्फाले एक खेलमात्र दशरथ रंगशालमा गरेको छ ।

आइतबार दिउँसो १२ बजे एनआरटी र एपीएफबीचको खेल हुनेछ । ६ खेलबाट ८ अंकसहित एनआरटी आठौं स्थानमा छ भने समान खेलबाट ५ अंक मात्र छ ।

यस्तै दिउँसो ३ बजे फ्रेण्ड्स र सरस्वतीबीच खेल हुनेछ । फ्रेण्ड्स ६ खेलबाट एपीएफ समान ५ अंक छ । छैटौं चरणसम्म जितविहीन रहेको सरस्वतीको जम्मा १ अंक छ र पहिलो जितको खोजीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment