Comments Add Comment

‘एमटीभी रोडिज’का फाइनलिष्ट हिमालय रोडिजमा देखिदै

एमटीभी रोडिज २०१९ मा फाइनलिस्ट बन्न सफल नेपाली युवा बिधान श्रेष्ठ र गुजरातकी भार्गसेतु शर्मा हिमालय रोडिज सिजन ३ को आगामी श्रृङ्खलमा देखिने भएका छन् । हिमालय टेलिभिजनबाट हरेक सोमबार राती ८ बजे प्रसारण भइरहेको हिमालय रोडिजको तेस्रो सिजन अन्र्तगत अडिसन राउण्ड सकिएको छ । काठमाण्डौ, नेपालगञ्ज, पोखरा, चितवन र धरानमा भएका अडिसनमार्फत् झण्डै ४० जना प्रतिस्पर्धी कलिङ राउण्डका लागि छानिएका छन् ।

यो सोमबार कलिङ राउण्डको श्रृङखला प्रसारण हुने छ जहाँबाट जम्मा १६ जना प्रतिस्पर्धी जर्नी राउण्डको यात्राका लागि छानिनेछन् । कलिङ राउण्डको एपिसोडमा रियललाइफ जोडीसमेत रहेका बिधान र भार्गसेतु अतिथिका रुपमा सहभागी हुन लागेको निर्माण टीम सम्बद्ध स्रोतले जनाएको छ । हालै जारी भएको प्रोमोमा होस्ट रेमनदास श्रेष्ठले उनीहरुलाई स्वागत गरेको देख्न सकिन्छ ।

को हुन् बिधान ?
काठमाण्डौका २२ बर्षिय बिधान गत बर्ष प्रसारण भएको एमटीभी रोडिजमा टाइटल दाबेदारका रुपमा रहेका थिए । बैंगलोरमा मेकानिकाल इन्जिनियरिङ पढिरहेका बिधान सन् २०१६ मा लद्दाख घुम्न जाँदा मृत्युको मुखमा पुगेका एक पर्यटकलाई बचाउन सफल भएका कारण रोडिज प्रतिस्पर्धीका रुपमा छानिएका थिए । रोडिज प्रसारणपछि उनी भारतीय युवावीच निकै लोकप्रिय छन् ।

यस्तै भार्गसेतु शर्मा गुजरातकी युवती हुन् जो गत बर्ष प्रसारण भएको एमटीभी रोडिज रियलहिरोमा प्रतिस्पर्धी थिइन् । डुवानबाट ज्यान गुमाउने जोखिममा रहेका युवाको उद्दार गरेका कारण उनी भारतको रक्षामन्त्री पदक अवार्ड प्राप्त गरेकी थिइन् । रोडिजपश्चात बिधान र भार्गसेतु रियल लाइफमै जोडी बनेको भारतीय मिडियाहरुले चर्चा गर्ने गरेका छन् ।

हिमालय टीभीबाट प्रसारण भइरहेको हिमालय रोडिजको यो सिजन निकै रोचक बनेको छ । साहसिक खेलहरुमा आधारित रोडिजमा यसपटक धेरै युवाहरुले बताएका संर्घषका कथाहरुले निकै चर्चा पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment