+
+
Shares

अन्नपूर्ण हिमपहिरो : ३५ जना नेपाली सम्पर्कमा

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १२:५३

५ माघ, काठमाडौं । अन्नपूर्ण पदमार्ग क्षेत्रमा आएको भारी हिमपात र हिमपहिरोका कारण अलपत्र परेका पर्यटक तथा नेपाली सहयोगीमध्ये ३५ जना नेपाली सहयोगी सम्पर्कमा आएका छन् ।

अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार ३५ जना नेपाली माछापुच्छ्रे वेसक्याम्पमा सुरक्षित अवस्थामा रहेका छन् । शनिबार ११० जना विदेशीलाई सुरक्षित रुपमा पोखरा ल्याइएको समेत उनले जानकारी दिए ।

आइतबार समेत उद्दार टोलीहरु पुगेको तर प्रतिकूल मौसमका कारण उद्दार कठिन भएको उनले जानकारी दिएका छन् । उनका अनुसार शुक्रबारबाटै हराएका चार कोरियाली र तीन जना नेपाली भने सम्पर्कमा आएका छैनन् ।

अन्नपूर्ण आधार शिविर जाने बाटोमा हिमपहिरो गएपछि पदयात्रा प्रभावित भएको हो । ‘आज पनि हामी उद्दारको काम जारी राख्छौं,’ अध्यक्ष कुँवरले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?