
५ माघ, काठमाडौं । भक्तपुरको कौशलटारमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भक्तपुर पुरानो थिमि बस्ने ३५ वर्षीय सतेन्द्र लिम्बु रहेका छन् । लिम्बुको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ कौशलटार चोकमा प्रदेश नम्बर-३-०२-००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बु गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पुरानो ठिमी बस्ने झापा घर भएका ५३ वर्षीय बासुदेव खरेलको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4