Comments Add Comment

तोकियो ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर मापदण्ड

३ माघ , काठमाडौं । सरकारले सिमेन्टको नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको छ । शुक्रबार बसेको गुणस्तर परिषदको १०२औं बैठकले नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्टको नेपाल गुणस्तर स्वीकृत गर्ने निर्णय गरेको गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

उद्योग वणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकले प्राविधिक समितिबाट सिफरिस गुणस्तर अनुमोदन गरेको हो । हाल प्रयोजनमा रहेको ३३ ग्रेडको ओपीसी सिमेन्टलाई यथावत राख्दै उच्च गुणस्तरको दुई ग्रेडको सिमेन्टको नेपाल मापदण्ड निर्धारण गरिएको विभागले जनाएको छ ।

नयाँ गुणस्तर निर्धारणले पाँच वर्षदेखि सरकारलाई गर्दै गुनासो समाधान भएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले बताए । ‘मापदण्ड आउनु राम्रो कुरा हो, हाम्रो माग पुरा भएको छ तर केही प्राबधानहरु कसिलो छन्,’ अध्यक्ष थापाले भने ।

भारतीय सिमेन्टको गुणस्तरसँग मिल्ने गरी गुणस्तर निर्धारण गर्न माग गरे पनि यस्तो नभएको उनले बताए ।

सरकारले तोकेको नयाँ मापदण्डले उत्पादन लागत बढ्ने गुनासो व्यवसायीको छ । ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन भईरहे पनि सरकारले गुणस्तर तथा ग्रेड नतोकिदिँदा  नेपाली उद्योगले आफ्नो उत्पादनमा सो कुरा उल्लेख गर्न पाएका थिएनन् ।

नेपालमा विदेशीले निर्माण गर्ने ठूलो आयोजनाहरुमा उक्त ग्रेडको सिमेन्टको माग अत्याधिक हुनेको छ । नेपालमा ग्रेड र गुणस्तर नतोकिँदा भारतबाट त्यस्तो सिमेन्ट नेपालमा आयत हुने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment