५ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एनआरटीले विभागीय क्लब एपीएफमाथि रोमाञ्चक जित हात पारेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीले एपीएफलाई ३-२ ले पराजित गरेको हो ।
८५औं मिनेटमा दर्शन गुरुङले गोल गरेपछि एनआरटीले जित हात पारेको हो ।
२४औं मिनेटमा आन्द्रे थियरीले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।
तर आशिष लामाले ४१औं र ५३औं मिनेटमा गोल गर्दै एपीएफलाई २-१ को अग्रता दिलाए । ८० मिनेटसम्म एनआरटीले एक गोलले पछि थियो । तर ८० औं मिनेटमा एनआरटीका जोर्डन एनडेम्बाले गोल फर्काउँदै खेल २-२ को बराबरी गरे । त्यसको पाँच मिनेटपछि दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई जित दिलाए ।
यस सिजन एनआरटीको यो चौथो जित हो ।
७ खेलबाट एनआरटीले ४ जित र १ बराबरीसहित १३ अंक जोडे पनि २ अंक ऋण तिरेकोले अब ११ अंक मात्र छ ।
गत सिजन ननरेलिगेसन लिगमा अन्तिम भएकोले एनआरटीले २ अंक गुमाएको हो ।
एनआरटीले पनि नेपाल पुलिस र थ्री स्टार समान ११ अंक जोडेको हो ।
एनआरटीको जितपछि लिगमा टप सिक्समा रहने टोलीबीच २ अंक मात्र अन्तर छ । त्रिभुवन आर्मी, मछिन्द्र क्लब र मनाङ मर्स्याङ्दी क्लबको समान १३ अंक छ भने थ्री स्टार, नेपाल पुलिस र एनआरटीको समान १३ अंक छ ।
प्रतिक्रिया 4