+
+
Shares

सुरक्षा परीक्षणमा टाटाको एल्ट्रोजले पायो फाइभ स्टार

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ५ गते १५:२५

४ माघ, काठमाण्डौँ । टाटा मोटर्सको सब-कम्प्याक्ट ह्याचब्याक टाटा एल्ट्रोजले अन्तर्राष्ट्रिय कार सुरक्षा नियमन निकाय ग्लोबल एनक्याप गरेको एडल्ट अकुपेशन प्रोटेक्सनसम्बन्धी सुरक्षा परीक्षणमा फाइभ स्टार प्राप्त गरेको छ । चाइल्ड अकुपेन्ट प्रोटेक्सनतर्फ भने थ्री स्टार प्राप्त गरेको छ।

ग्लोबल एनसीक्यापका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष डेभिड वार्डले भने- “हाम्रो पछिल्लो क्र्यास टेस्ट #SaferCarsforIndia ले यो देखाउँछ कि सुरक्षा प्रदर्शनका मामिलामा टाटाले आफ्ना उत्पादनहरूलाई फाइभ स्टार लेभलतर्फ लैजादैँ गरेको एउटा बलियो संकेत हो । हामी भारतका अन्य कार उत्पादक कम्पनीहरुलाई पनि टाटाको उदाहरणको अनुशरण गर्न तथा उपभोक्ताहरूका लागि आरामदायी तथा सुलभ दरमा फाइभ स्टार गाडीहरू उत्पादन गर्न प्रोत्साहन गर्दछौँ।”

टाटा अल्ट्रोज 

सुरक्षा परीक्षणमा टाटा अल्ट्रोजले एडल्ट अकुपेशन प्रोटेक्सनतर्फ पूरै फाइभ स्टार प्राप्त गरेको छ र चाइल्ड अकुपेन्ट प्रोटेक्सनतर्फ भने थ्री स्टार प्राप्त गरेको छ।

एल्ट्रोजमा दुईवटा फ्रन्टल एअरब्यागहरू छ भने यसको फुटबेल एरियाले स्थीर भनेर रेटिङ प्राप्त गर्‍यो । वयस्क यात्रुहरूका लागि टाउको तथा ढाडको सुरक्षाको निकै राम्रो व्यवस्था रहेको छ। छातीको सुरक्षाका लागि पनि ध्यान दिइएको छ। बालबालिकाहरूका लक्षित चाइल्ड अकुपेन्ट प्रोटेक्सनको जाँच गर्न सीआरएस जडित प्रविधिको जडान गरिएको थियो र त्यसपछि टाटा अल्ट्रोजलाई थ्री स्टार प्रदान गरिएको थियो ।

सुरक्षित यात्रा तथा सुरक्षित गाडीहरूको प्रबर्धन गर्नका लागि ग्लोबल एनक्यापद्वारा सन् २०१४ मा #SaferCarsforIndia अभियान सुरु गरिएको थियो। सन् २०१४ देखि २०२० सम्म ग्लोबल एनक्यापले ३५ भन्दा बढी परीक्षण सम्पन्न गरिसकेको छ। यो अभियानले गाडीहरूको सुरक्षामा सुधार ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?