Comments Add Comment

महिला सहभागितामा आइसब्रेक भयो : मुख्यमन्त्री राई

५ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषदमा महिला सहभागिता गराएर आफूले आइसब्रेक गरेको दाबी गरेका छन् ।

सरकार गठन भएको दुई वर्षपछि मुख्यमन्त्री राईले आइतबार चार राज्यमन्त्री नियुक्त गरेका थिए, जसमा एक जसमाया गजमेर पनि परेकी छन् । ९ सदस्यीय मन्त्रिपरिषदमा उनी एक्ली महिला सदस्य हुन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महिला सांसदहरुले मन्त्रिपरिषदमा महिला सहभागिता हुनु राम्रो भएपनि पर्याप्त नभएको प्रतिक्रिया दिएका छन् ।

तर मुख्यमन्त्री राईले भने आफू संविधानले दिएको ३३ प्रतिशत अधिकार कार्वान्वयन गर्ने पक्षमा भए पनि सम्भव नभएको बताए । उनले अनलाइनखबरसँग भने,’मन्त्रिपरिषद विस्तार गरिरहँदा भूगोल, समुदाय, लिङ्ग सबैको प्रतिनिधित्व गराउनुपर्ने हुन्छ ।’

दुई वर्षअघि मन्त्रिपरिषद् गठन गर्दा महिला सहभागिता नहुँदा पनि धेरै प्रशन उठेको उनले सुनाए । अब मन्त्रिपरिषदमा महिला प्रतिनिधित्व भइसकेको भन्दै उनले भने, ‘मन्त्रिमण्डलमा महिला सहभागितामा आइसब्रेक भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment