
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग माफी मागेको छ ।
राष्ट्रपति सी म्यानमार भ्रमणमा छन् । भ्रमणमा क्रममा सी र म्यानमाकी नेतृ आङसाङ सूचीबीच भेटवार्ता भयो । यो भेटका क्रममा बर्मेली भाषाको फेसबुक पोष्टमा राष्ट्रपति सीको नामको अनुवाद अंग्रेजीमा ‘शितोले’ भएको थियो ।
यो पोष्ट सूचीको आधिकारिक अकाउन्टबाट शेयर भएको थियो ।
तर फेसबुकले यसमा माफी मागेको छ । प्राविधिमा आएको समस्याका कारण यस्तो भएको भन्दै फेसबुकका प्रवक्ता एन्डी स्टोनले भनेका छन्, ‘यस्तो नहुनुपर्ने थियो । यसमा हामी महत्वपूर्ण कदम चाल्दैछौं ताकि फेरि यस्तो गल्ती नहोस् ।’
फेसबुकले यो पनि स्वीकार गरेको छ कि सीको नाम डाटाबेसमा राखिएको थिएन । त्यसैले गल्ती भयो ।
यदि फेसबुकको डाटा बेसमा कुनै शब्द भेटिएन भने अनुवादका क्रममा मिल्दोजुल्दो अर्को शब्द लिन्छ । बर्मीजमा जुन शब्द Xi वा Shi बाट सुरु हुन्छ, त्यसलाई शितोले पनि छ ।
प्रतिक्रिया 4