+

गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते पोखरामा

२०७६ माघ  ५ गते १७:४९ २०७६ माघ ५ गते १७:४९
गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते पोखरामा

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२०, सचिवालयसँगको सहकार्यमा नेपाल सितोरियो कराँते डो संघले प्रथम गौतम बुद्ध हिमालय अन्तर्राष्ट्रिय कराँते च्याम्पियनसिप पोखरामा गर्ने भएको छ ।

नेपाल भ्रमण वर्ष २०२० को अवसरमा हुन लागेको प्रतियोगिता मार्च ५ देखि ९ तारिखसम्म हुने शुक्रबार केशरमहलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक राजीव थापाले जानकारी गराए ।

करिब ३० राष्ट्रबाट २ हजारको सहभागिता अपेक्षा गरिएको नेपाल सितोरियो कराँते डो संघका अध्यक्ष दावा गुरुङले जानकारी दिए । सिनियर, जुनियर र भेट्रानमा गरी जम्मा २७ स्पर्धामा प्रतिस्पर्धा हुने छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भ्रमण वर्ष २०२० लाई सफल बनाउन यो प्रतियोगिताले पनि सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै भ्रमण वर्षलाई सफल बनाउन हरेक क्षेत्रले आ-आफ्नो तर्फबाट सक्दो प्रयास गर्नु पर्ने धारणा व्यक्त गरे ।

नेपाल भ्रमण वर्ष २०२० का सदस्य-सचिव बच्चुनारायण श्रेष्ठले खेलकुदको माध्यमबाट पनि विदेशी पर्यटकलाई नेपाल आउन आकर्षित गर्न सकिन्छ भन्ने मान्यताका साथ प्रतियोगितालाई सहयोग गर्न लागिएको बताए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ करोड खर्च हुने बताइएको छ ।

कराँते

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय