
५ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले बिजुली बस चलाउन साझा यातायातसँग गरेको सम्झौता तोडेको छ । अब प्रदेश सरकार आफैंले बिजुली बस चलाउनेछ ।
बिजुली बस चलाउन साझासँग केन्द्रसँगै प्रदेश र स्थानीय सरकारले सहकार्य गरेको थियो । केन्द्र सरकारले ३ अर्ब दिने सहमति गरेको थियो भने प्रदेश ३ सरकारले ३० करोड ।
यस्तै काठमाडौं महानगरपालिकाले १० तथा ललितपुर महानगरपालिकाले साढे २ करोड दिने तथा साझा आफैंले साढे २ करोड हालेर ३ अर्ब ४५ करोड जम्मा गर्ने र बिलुजी बस चलाउने सहमति भएको थियो । त्यसअनुसार साझाले बस खरिद प्रक्रिया थालेपछि केन्द्र सरकारलाई त्यसलाई रोक्यो ।
अब बागमती प्रदेश सरकारले यसबाट हात झिकेको छ । साझालाई दिने भनिएको ३० करोड रोक्न र प्रदेश सरकार आफैंले यातायात कम्पनी खडा गरेर बस सञ्चालन गर्ने मुख्यमन्त्री डोरमणि पौडेलले बताए । ‘जनतालाई सुविधा दिन निजी क्षेत्रको मात्र भर पर्ने होइन, अब आफैं विद्युतीय बस खरिद गर्छौं, ‘ उनले भने ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत यही महिनाभित्र बस खरिद प्रक्रिया अगाडि बढाइनेछ ।
बस सेवा सञ्चालनका लागि पाँच ठाउँमा चार्जिङ स्टेशन निर्माण गर्नेसमेत उनले बताए । विद्युतीय बस चार्ज गर्न हेटौंडा, चितवन, काठमाडौं र धुलिखेलको बसपार्कमै तथा र काठमाडौं र मुग्लिङको बीचमा टेशन बनाउने योजना उनले सुनाए । स्टेसन निर्माणको लागि गजुरी र गल्छि गाउँपालिकाको क्षेत्रमा स्थान खोज्न स्थानीय तहका नेतृत्वलाई जिम्मा दिइएको छ ।
हेटौंडाबाट भरतपुर हुँदै काठमाडौंसम्म २२७ र काठमाडौंबाट धुलिखेल ३० किलोमिटर दुरी हुनेछ ।
लगानी गर्न स्थानीय सरकारलाई आह्वान
प्रदेश सरकारले विद्युतीय बस खरिद तथा सञ्चालनमा सहकार्य गर्न स्थानीय सरकारहरुलाई आह्वान गरेको छ । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले बस खरिदका लागि महानगरले १० करोड लगानी गर्ने बताए ।
प्रदेश सरकारले हेडौंडा उपहानगर, भारतपुर महानगरसँग पनि सहकार्य गर्न खोजेको छ ।
प्रतिक्रिया 4