
५ माघ, काठमाडौं । अन्नपूर्ण पदयात्रा मार्गमा हिमपहिरोमा परी हराइरहेका ७ जनाबारे आइतबारसमेत कुनै जनकारी प्राप्त हुन सकेन ।
अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरका अनुसार आइतबार दिनभर घटना भएको स्थानमा जाने प्रयास भएपनि सफल हुन सकेन् । ‘प्रतिकूल मौसमका कारण आज हेलिकोप्टर लैजान सकिएन,’ उनले भने, भोलि कोरियाली दूतावाससमेतको सहयोगमा हेलिकोप्टरबाट पुनः खोजी थाल्ने तयारी छ ।’
७ जनाबाहेक अन्य व्यक्ति भने सम्पर्कमा आएको र थप पर्यटक हराएको सम्बन्धमा जानकारी नआएको उनले उल्लेख गरे । शनिबार धेरै जनालाई बेलैमा उद्दार गर्न सकिएका कारण थप मानवीय क्षति नभएको उनको भनाइ छ ।
उनका अनुसार शनिबार मात्र ११० जना विदेशी पर्यटकलाई पोखरा ल्याइएको थियो । शुक्रबारबाट हराएका चार कोरियाली र तीन जना नेपाली अझै सम्पर्कमा आएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4