+

मनाङलाई आयल निगमको साथ, एक वर्षको लागि ३५ लाखको प्रायोजन

२०७६ माघ  ६ गते १२:२३ २०७६ माघ ६ गते १२:२३
मनाङलाई आयल निगमको साथ, एक वर्षको लागि ३५ लाखको प्रायोजन

काठमाडौं । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दीलाई नेपाल आयल निगमले प्रायोजन गरेको छ । सोमबार आयोजित कार्यक्रममा मनाङ र आयल निगमबीच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल आयल निगमका कार्यकारी प्रमुख सुरेन्द्रकुमार पौडेल र मनाङ मर्स्याङदी क्लबका अध्यक्ष छिम्मी उर्गेन गुरुङले हस्ताक्षर गरेका हुन् ।

जारी शहीद स्मारक ए डिभिजन लिगमा सातौ चरणको खेलपछि मनाङले प्रायोजक पाएको हो । यद्यपि मनाङले सातौं चरणमा थ्री स्टारविरुद्धको खेलमै आयल निगमको लोगो अंकित जर्सी लगाएर खेलेको थियो ।

२०३९ सालमा स्थापना भएको नेपाली लिगमा सर्वाधिक सफल क्लब हो । मनाङले कीर्तिमानी ८ पटक लिग जितेको छ । ‘यो उत्सुकताको अवसर हो । निगमको ५०औं वर्षको अवसरमा कार्यकारी निर्देशकले खेलकुदमा प्रायोजन गर्ने घोषणा गरेका थिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत मनाङलाई प्रायोजन गरेको हो । ‘सम्झौतापछि हामी अब एक भएर अघि बढ्छौं,’ नेपाल आयल निगम स्वतन्त्र कर्मचारी संघका अध्यक्ष बखातीले भने ।

मनाङ र आयल निगमबीच एक वर्षको सम्झौता भएको हो । अब क्लबको नाम नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लब हुनेछ ।

निगमसँग ३५ लाखको सम्झौता भएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले यो सुरुआत भएको बताए ।

निगमको कुनै समय आफ्नै फुटबल क्लबसमेत भएको र अहिले निगम मनाङको मात्र नभएर समग्रमा नेपाली फुटबलको रहेको उनले बताए ।

मनाङ मर्याङ्दी क्लबका अध्यक्ष छिम्मी उर्गेनले सम्झौतापछि अब क्लब र निगमलाई उच्च प्राथमिकता दिई अघि बढ्ने बताए । ‘अहिले एक वर्षको सम्झौता भएको छ । भविष्यमा पनि यो निरन्तर होस्,’ उनले भने ।

३५ लाखको सम्झौता मनाङको इतिहासमै अहिलेसम्मको ठूलो भएको छिम्मी उर्गेनले जानकारी दिए ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटबलले पुनर्जिवित भएको महसुस भएको बताए । ३५ लाखको सम्झौतापछि यसले तरङ्ग ल्याउने उनको भनाइ छ।

छोटो समयमै नेपाली फुटबलमा इतिहास बनाएको क्लब मनाङको समेत आफ्नै ट्रेनिङ मैदान नभएको अवस्थामा अब त्यसका लागि एन्फाले पनि पहल गर्ने शेर्पाले बताए ।

नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय